Shittalpati
पाल्पामा ४२ वर्षीया थप कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पा । जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१४, कुसेनीकी ४२ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु हो । उनमा निमोनियाको समस्या देखिएपछि भदौ ३० गते उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उस्पतालले उनको स्वाब संकलन गरी लुम्बिनी प्रादेशिक प्रयोगशालामा पठाएको थियो । स्वाब संकलन पछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

ती महिलाको शुक्रबार बेलुकी रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार शुक्रबार राति १२ बजेतिर ती महिलाको मृत्यु भएको भएको हो । योससँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि पूर्वखोला गाउँपालिका १ सिलुवाका एक पुरूष, तानसेन नगरपालिका ८ पिपलडाँडाकी एक महिला, तानसेन नगरपालिका ७ का ५२ एक पुरुषको मृत्यु भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update