पाल्पामा दुई जना नर्स सहित पाँच जनामा कोरोना

पाल्पा । जिल्लामा थप दुई नर्स सहित पाँच जनामा कोरोना पुष्टि भएको छ । शनिबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत दुई जना स्टाफ नर्स सहित पाँच जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार कलेजका दुई जना स्टाफ नर्स,एक जना कर्मचारी, एक जना उपचाररत विरामी रहेका छन् । संक्रमित मध्ये अर्को एक जना रैनादेवी छहरा गाउँपालिका १ का पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले बताए ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्