
रामचन्द्र रायमाझी
पाल्पा । संविधान सभाबाट निर्मित वर्तमान संविधानले पाँच वर्ष पूरा गरेको छ । पाँच वर्षअघि आजकै दिन नेपालको संविधान निर्माण भएको थियो । सात दशक अघिदेखि जनताले लामो प्रतिक्षा र पटक–पटकको संघर्षपछि प्राप्त गरेको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरेका थिए । तर सार्वभौम संविधान सभाबाट जारी भएको नेपालको पहिलो संविधानले पाँच वर्ष पूरा गर्दा समेत जनताको अपेक्षा पूरा हुन नसक्दा निरास बनेका छन् ।
राजनीतिले अझै संस्थागत आकार लिन सकेको छैन । अझै मुलुक राजनीतिक अस्थिरतातर्फ उन्मूख छ । समग्र मुलुकको विकास र जनताको आर्थिकस्तर उकास्ने भन्दा नेताहरु आफ्नै स्वार्थमा केन्द्रीत भएको अनुभूत जनताले गरिरहेका छन् । संविधान प्राप्तिका लागि लडेका सबै शक्ति जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुन सकिरहेका छैनन् । जनचाहना अनुरुपको संविधान र त्यसमा आधारित निर्वाचनसमेत भएर मुलुकमा बलियो सरकार बनेको छ । तर जनताले त्यसको अनुभूत अहिलेसम्म गर्न सकिरहेका छैनन् । संविधान दिवसको पूर्वसन्ध्यामा वर्तमान सरकार र सत्तारुढ दल नेकपाले प्रतिनिधिसभाको निर्वाचनमा जनताबाट अस्वीकृत नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाई जनअभिमतको खिल्ली उडाएको र संविधानको भावना माथि प्रहार गरेको छ । एकजना निर्वाचनमा पराजित नेताको सुविधाका लागि संविधान संशोधनका लागि तयार हुने सत्तारुढ दलले वामदेवलाई मनोनयन गराएर राष्ट्रिय सभाको गरिमा र मर्यादा तथा राष्ट्रपतिबाट गरिने मनोनयनको सार्थकतामाथि नै प्रहार गरेको छ । यसअघि उक्त दलका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि पराजित भएको दुई वर्षमा नै संसद् छिरेका थिए । संविधान दिवसको सन्दर्भलाई ओझेल पार्ने यस्तो काम गरेर सत्तारुढ दलले संविधानको अपमान गर्नुको साथै संविधानसभाका लागि संघर्ष गर्ने जनता र बलिदान दिने नागरिकको भावनामाथि चोट पु¥याएको छ । संविधान सभाका करीव ९० प्रतिशत सदस्यले हस्ताक्षर गरेको संविधान अझै पनि सर्वसम्मत हुन सकेको छैन । नेपालको अन्तरिम संविधान २०६३ ले जनताका अधिकारहरु सुनिश्चित गराउने सवालमा केही सकारात्मक व्यवस्थाहरु गरेको भएपनि त्यो आफैमा पूर्ण नभएको भन्दै विभिन्न कोणबाट आलोचना हुन थालेपछि संविधान सभाले २०७२ को संविधान जारी गरेको थियो ।
संविधान निर्माणको पाँच वर्ष पूरा हुँदा समेत जनअपेक्षा अनुसार काम हुन नसकेको नेपाली काँग्रेसका महासमिति सदस्य यमलाल तिमिल्सीनाले बताए । उनले भने ‘सविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको सत्तारुढ पार्टीबाट नै संविधानको उपहास भएको छ ।’ जनताले जुन अपेक्षा गरेर नेतालाई मत दिएका थिए, सोही अनुरुप नभएको तिमिल्सीनाको भनाई छ । उनका अनुसार अन्य राजनीतिक दलहरुले पनि इमान्दारिताका साथ सविधानको कार्यान्वयन गरेका छैनन् । संविधान सफल नहुनुमा राजनीतिक दल र उनीहरुको ईच्छाशक्ति बाधक बन्दै गएको तिमिल्सीनाले बताए । सविधान आफैमा राम्रो भएपनि कार्यान्वय पक्ष फितलो हुँदा जनअपेक्षा अनुसार काम हुन नसकेको नागरिक समाज पाल्पाका अध्यक्ष पुष्करराज रेग्मीले बताए । उनले भने ‘विधिको शासन भन्दा पनि व्यक्तिको शासन हावी हुँदा संविधानको उपहास भएको छ, यसो हुनु दुखद् हो ।’ राजनीतिक दलहरुले संविधानको मर्म विपरीत कार्य गर्दै गएकाले जनतामा निरास छाएको रेग्मीले बताए । उनले भने ‘संविधान भन्दा माथि कोही नभएपनि राजनीतिक दल, सरकारका मन्त्रीहरुले आफु अनुकुल संविधानको प्रयोग र व्याख्या गर्दै जाँदा जनतामा एक किसिमको आशड्ढा पैदा गराएको छ ।’
संघीयता निर्माण हुनुभन्दा पहिला जनताले पाउँदै आएका सेवा सुविधाहरु कटौती हुनु, भष्ट्राचार, अनियमिता बढ्दै जानुले देश कता तिर जाँदैछ भनि जनताले प्रश्न गर्न थालेको रेग्मी बताउँछन् । लामो सघर्ष पछि जनताले व्यवहारिक रुपमा प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भएपनि सोही अनुरुप अनुभूति गर्न नसकेको राप्रपाका जिल्ला सदस्य देवेन्द्रबहादुर रायमाझीले बताए । उनले भने ‘नयाँ सविधान निर्माण हुँदैमा जनताका सबै चाहनाहरु पूरा हुन्छन् भन्नुभन्दा पनि संविधान जनताका पक्षमा कति कार्यान्वयन हुन सक्यो भन्ने विषय महत्वपूर्ण रहन्छ । संविधान निर्माण भएको पाँच वर्ष पूरा हुँदा समेत संविधानको व्यवहारिक उपलब्धी हुन नसक्दा जनतामा निरास छाएको रायमाझी बताउँछन् । उनी भन्छन् ‘संविधानले जनताको आवश्यकता र अधिकारहरुलाई सुनिश्चित गर्नुपर्नेमा कर र मह·ी बढाउनेतर्फ मात्र केन्द्रीत देखिनु दुःखद् हो ।’