Shittalpati
भर्चुअल माध्यमबाट विद्यालय संवाद

पाल्पा । कोरोना माहमारीका बिच भर्चुअल माध्यमबाट तानसेनमा विद्यालय संवाद कार्यक्रम भएको छ । दमकडा माध्यमिक विद्यालय तानसेनले स्थापनाको ६४ औं वार्षिकोत्सवको अवसरमा भर्चुअल साँझा संवाद कार्यक्रम आयोजना गरेको हो । कोभिड १९ ले भौतिक उपस्थितिमा वार्षिकोत्सव आयोजना गर्न नपाएपछि विद्यालयले जुम सफ्टवयरको प्रयोग गरी ‘दमकडा हिजो, आज र भोलि’ नामक साझा संवाद कार्यक्रम गरको छ । दमकडा कन्क्लेभ नाम दिएको त्यो छलफलमा मन्त्री, सचिव, शिक्षाविद्, शिक्षक र विद्यार्थीहरुले भागलिएका छन् । कार्यक्रममा ‘दलानदेखि छाप्रोसम्म, देउरालीदेखि दमकडासम्म’ विषयमा पूर्व प्रधानाध्यापक राधाकृष्ण शर्मा, स्थापनाकालका विद्यार्थी तारानाथ सुवेदी र इतिहासविद् प्रा.डा भवेश्वर पंगेनी बीच आधुनिक शिक्षाका सन्दर्भमा देउरालीमा सञ्चालित पाठशालाका बारेमा छलफल भएको थियो । विद्यार्थी विनिता पराजुलीलले यो शत्रको सहजीकरण गरेकी थिईन् ।‘शैक्षिक पहिचान, दमकडा माविको वर्तमान’ विषयमा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा र तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही बीच प्यानल छलफल भएको थियो । पूर्व विद्यार्थी लक्ष्मण देवकोटाले सहजीकरण गरेको त्यो शत्रका सहभागीहरुले नेपालका सामुदायिक विद्यालयहरुमा दमकडा माध्यमिक विद्यालय हातका औंलामा गन्न सकिने अवस्थामा पुग्ने विश्वास गरेका छन् ।

‘शिक्षामा सरकार र समुदायको लागत, दमकडा माध्यमिक विद्यालयको सुनौलो आगत’विषयक दमकडा कन्क्लेभमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्याल, भूमिव्यवस्था, सहकारी तथा गरिवी मन्त्रालयका सचिव टेकनारायण पाण्डे र पूर्व विद्यार्थी विनोद रेग्मीले भाग लिएका थिए । पूर्व विद्यार्थी अच्यूत पाण्डेयले सहजीकरणको यो शत्रका सहभागीहरुले कक्षाकोठामा सिकाईलाई केन्द्रित र सुविधा सम्पन्न विद्यालय निर्माण गर्न सके दमकडाको भविष्य रहेको विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभाा सांसद पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले विद्यालयले नविनतम् आयामहरु र विषयहरु सञ्चालन गर्दै जाने हो भने पाल्पालाई शैक्षिक केन्द्र बनाउने अभियानमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे । कार्यक्रममा पाटन उच्च अदालतका न्यायधीश सरला पाण्डे, जिल्लाविकास समितिका पूर्व सभापति प्रेमनाथ बस्याल, विद्यालयका पूर्व प्रधानाध्यापक श्रीधरप्रसाद घिमिरे, दुर्गाप्रसाद अर्याल, स्थानीय जनप्रतिनिधि विनिता लुइटेल, पूर्व विद्यार्थी लगायतले अनुभव र भविष्यमा विद्यालयले गर्न सक्ने योजनाका बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षता, शिक्षक जीवन आचार्य र प्रकाश पंगेनीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update