Shittalpati
नेपालमा थप आठ सय ७१ जना कोरोना मुक्त

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा थप आठ सय ७१ जना कोरोना मुक्त भएका छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार ८ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको बताएका हुन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमित देखिएका छन् । प्रवक्ता डा. गौतमका अनुसार बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १ सय ७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २ सय ९५ र होम आइसोलेशनमा ८ हजार ८८ जना रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update