Shittalpati
एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक सम्मानित
एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक सम्मानित एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्ये ६ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी...
रामपुर नगरको तीन विधेयक, एक नियमावली पारित
रामपुर नगरको तीन विधेयक, एक नियमावली पारित रामपुर नगर सरकारले आठौँ नगर सभाबाट तीन विधेयक र एक नियमावली पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को योजना संशोधन प्रस्ताव सहित स्वास्थ्य तथा सरसफाई विधेयक २०७७, भवन निर्माण विधेयक २०७७, प्राकृतिक स्रोत तथा वातावण संरक्षण विधेयक २०७७ पारित गरेको हो ।
खानीगाउँ स्वास्थ्य चौकी भवनको उद्घाटन
खानीगाउँ स्वास्थ्य चौकी भवनको उद्घाटन जिल्लाको बगनासकाली गाउँपालिका ७ मा रहेको खानीगाउँ स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ । १ करोड ३८ लाख लागतमा निर्माण भएको बर्थिङ सेन्टर सहितको भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । भवनको लुम्बिनी प्रदेशका सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
पाल्पामा पनि ३९ औं मगर दिवस हर्सोल्लासका साथ मनाइयो
पाल्पामा पनि ३९ औं मगर दिवस हर्सोल्लासका साथ मनाइयो पाल्पा लगायत देशभर मगर समुदायले शनिबार हर्साेल्लासका साथ ३९औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् । पाल्पाका १० वटै स्थानीय तहका मगर समुदायले आ–आफ्नो किसिमले कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएका छन् ।
‘बालबालिकाको अधिकार संरक्षण गर्न बाल संगठनलाई जिम्मेवार बनाउ’
‘बालबालिकाको अधिकार संरक्षण गर्न बाल संगठनलाई जिम्मेवार बनाउ’ लुम्बिनी प्रदेशका सांसद नारायण आचार्यले बालबालिकाको अधिकार संरक्षणका लागि बालसंगठनलाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् । नेपाल बाल संगठन पाल्पाको १२ औ अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद् आचार्यले यस्तो बताएका हुन् । उनले बालवालिकाको शिक्षा, पोषण, अधिकार देखी उनीहरुको मौलिक अधिकार संरक्षणका लागि बालसंघठनलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् ।
आज श्री स्वस्थानी ब्रत समाप्त गरिदैं
आज श्री स्वस्थानी ब्रत समाप्त गरिदैं पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ ।
पाल्पामा स्ट्रावेरीको व्यवसायिक खेती गरिदै
पाल्पामा स्ट्रावेरीको व्यवसायिक खेती गरिदै पौष्टिकताका हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको स्ट्रावेरीको पाल्पामा व्यवसायिक खेतीको सुरुवात गरिएको छ । भूइँकाफलका नाममा चिनिने स्ट्रावेरीको जिल्लाका विभिन्न स्थानीय तहमा व्यवसायिक खेती गर्न थालिएको हो । यसलाई स्थानीय भाषामा बुढी काफल पनि भन्ने गरिन्छ ।
गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्‍यो
गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्‍यो गुल्मी, जिल्लामा अहिले कोरोना संक्रमितको संख्या शुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पशुपति आचार्यका अनुसार संक्रमित भएका सबै निको भएसँगै संक्रमितको संख्या शून्यमा झरेको हो ।
विहीबार थप ८४ जनाले कोरोना जिते
विहीबार थप ८४ जनाले कोरोना जिते पाल्पा, फागुन १३/ नेपालमा विहीबार थप ८४ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचाररत ८४ संक्रमितले कोरोना जितेका हुन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ७० हजार २ सय २३ पुगेको छ । उनीहरु सबै कोरोना...
भारतका ९० प्रतिशत संक्रमित सात प्रदेशमा
भारतका ९० प्रतिशत संक्रमित सात प्रदेशमा भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित मध्ये झण्डै ९० प्रतिशत संक्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नयाँ देखिएका अधिकांश संक्रमितहरु ती प्रदेशमा रहेकाले कुल संक्रमितको संक्रया पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् ।
बेथल र सेनका विद्यार्थीले परियोजनाकार्य गर्दै
बेथल र सेनका विद्यार्थीले परियोजनाकार्य गर्दै नसेनका दुई विद्यालयका विद्यार्थीहरुले परियोजनाकार्यलाई अगाडि बढाएका छन् । परियोजना कार्यमार्फत व्यवहारिक ज्ञान हासिल गर्नका लागि बेथल ईङ्लिस सेकेण्डरी बोडि· स्कुल र सेन माध्यमिक विद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले परियोजना कार्य गर्न लागेका हुन् ।
‘सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन्छौ’
‘सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन्छौ’ जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी गाउँपालिकाले काम गरेको बताएका छन् 
Weather Update