Shittalpati
बेथल र सेनका विद्यार्थीले परियोजनाकार्य गर्दै

पाल्पा, तानसेनका दुई विद्यालयका विद्यार्थीहरुले परियोजनाकार्यलाई अगाडि बढाएका छन् । परियोजना कार्यमार्फत व्यवहारिक ज्ञान हासिल गर्नका लागि बेथल ईङ्लिस सेकेण्डरी बोडि· स्कुल र सेन माध्यमिक विद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले परियोजना कार्य गर्न लागेका हुन् ।
विद्यार्थीहरुले पहिलो चरणमा अन्तक्र्रिया कार्यक्रम गरेका छन् । पढाईसँगै विद्यार्थीहरुलाई विभिन्न विषयमा प्रयोगात्मक तथा व्यवहारिक ज्ञान दिने उद्देश्ले नेपाल सरकार र ब्रिटिस काउन्सिलद्धारा सञ्चालित आइएसएको बेथल स्कुलले विभिन्न परियोजनाकार्यहरु गर्दै आएको छ ।
जस अन्तर्गत वि लोक्कल, वाई लोकल परियोजना अन्र्तगत बेथल र सेन स्कूलका विद्यार्थीहरुले संयुक्त रुपमा परियोजनाकार्य गर्न लागेको बेथल स्कूलका प्रिन्सिपल खेम सारुले बताए । परियोजनामा विद्यार्थीले प्रयोग विहिन वस्तुहरुबाट पुनःप्रयोग गर्ने सामग्रीहरु बनाउन सक्ने जनाइएको छ । उनीहरुले पुराना पत्रिकाबाट बास्केट, ढकिया, मकैको पातहरुबाट पिरा साथै सालका पातहरुबाट टपरी बनाउन सिक्ने छन् ।
विद्यार्थीहरुलाई बेथल स्कुलका शिक्षिकाहरु ईना राना र शोभा गुरु·ले सहजीकरण गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update