Shittalpati
विहीबार थप ८४ जनाले कोरोना जिते

पाल्पा, फागुन १३/ नेपालमा विहीबार थप ८४ जना कोरोना संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसङ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचाररत ८४ संक्रमितले कोरोना जितेका हुन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ७० हजार २ सय २३ पुगेको छ । उनीहरु सबै कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।
त्यस्तै विहीबार थप १ सय १२ कोभिड–१९ संक्रमित भेटिएका छन् । देशभर तीन हजार ४ सय ११ जनाको पिसिआर परीक्षण भएकोमा १ सय १२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना समितको कूल संख्या दुई लाख ७३ हजार ८ सय ७२ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६ सय ३६ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट दुई हजार ७ सय ६७ जनाको मृत्यु भएको छ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ८२ रहेको छ । ६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update