रामपुर नगरको तीन विधेयक, एक नियमावली पारित

पाल्पा, रामपुर नगर सरकारले आठौँ नगर सभाबाट तीन विधेयक र एक नियमावली पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को योजना संशोधन प्रस्ताव सहित स्वास्थ्य तथा सरसफाई विधेयक २०७७, भवन निर्माण विधेयक २०७७, प्राकृतिक स्रोत तथा वातावण संरक्षण विधेयक २०७७ पारित गरेको हो ।
त्यस्तै सभाले खरिद नियमावली २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । नगर सभाले मर्मत तथा निर्माणतर्फ ९६ वटा, खानेपानी तर्फ २१, संघसंस्था तर्फ २५, वन तर्फ तीन, खेलकुदतर्फ चार, शिक्षातर्फ एक, स्वास्थ्यतर्फ तीन, अन्यमा १५ वटा नगरस्तरिय योजना संशोधन समेत गरेको छ । नगर प्रमुख रमणबहादुर थापाले नगर सभाबाट आएका सुझावलाई समावेश गरेर ऐन तथा नियमावली जारी गर्ने बताउँदै रामपुर नगरलाई नमुना नगरका रुपका विकास गर्ने अभियानमा लागेको बताएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्