कोरोना रोकथाममा पाल्पाका स्थानीय सरकारको सक्रियता
आइतबार, जेठ २, २०७८

बन्दाबन्दीमा ६४ जनाले ज्यान गुमाए
शनिबार, जेठ १, २०७८
बन्दाबन्दीका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । शनिबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बन्दाबन्दीका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताए ।

पाल्पामा कोरोना निको हुने बढ्दै, एकैदिन १ सय ९ जना संक्रमित डिस्चार्ज
शनिबार, जेठ १, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शनिबार मात्र जिल्लामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् ।

पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध
शनिबार, जेठ १, २०७८
एक महिनादेखि पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका ३ जयखानी छापलाई जोड्ने मोटरबाटो खन्ने क्रममा गत बैशाख ६ गते माथिबाट माटो,ढुंगा सहित खसेको पहिरोले डोजर पुरिएको थियो ।

ओली फेरी बने प्रधानमन्त्री, शपथसँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता
शनिबार, जेठ १, २०७८
प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेका छन् । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पथ तथा गोपनीयताको शपथ समेत लिएका छन् ।

पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ
शनिबार, जेठ १, २०७८
बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको तिनाउ गाउँपालिकामा बालिका बलात्कार आरोपमा स्थानीय दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु
शुक्रबार, वैशाख ३१, २०७८
बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।

गुल्मी काँग्रेसले गर्यो ५० सिलिण्डर अक्सिजन सहयोग
शुक्रबार, वैशाख ३१, २०७८
जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन अभाव हुन थालेको छ । अक्सिजन अभावका कारण अस्पतालमा विरामीहरु छट्पटाई रहेका बेला नेपाली काँग्रेस गुल्मीले भने जिल्ला अस्पताल तम्घासलाई ५० सिलिण्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अ

पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित
शुक्रबार, वैशाख ३१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १सय ४ र एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ
शुक्रबार, वैशाख ३१, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
.jpg)
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन
शुक्रबार, वैशाख ३१, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा अस्पताल र तानसेन नगर सरकारले संयुक्त रुपमा अक्सिजनयुक्त आइसोलेसन कक्ष निर्माण गरेका छन् । अधिकांस कोरोना संक्रमितहरुलाई अक्सिजनको मात्र आवश्यक पर्न थालेपछि अस्पताल र नगर सरकारले संयुक्त रुपमा ४० शैयाको अक्सिजन सहितका आइसोलेसन निर्माण गरेका हुन् ।

पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु
बिहीबार, वैशाख ३०, २०७८
जिल्लामा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसन र अस्पतालमा उपचार गराएका संक्रमितको बिहीबार मृत्यु भएको हो । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेका दुई जना र होम आइसोलेसनमा चार जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।

पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण
बिहीबार, वैशाख ३०, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने बढेका छन् । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक बढेको देखिन्छ । बिहीबार जिल्लाका थप ६२ जना संक्रमितले कोरोना जित्दा ८४ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १५ जना महिला...