Shittalpati
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने बढेका छन् । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक बढेको देखिन्छ । बिहीबार जिल्लाका थप ६२ जना संक्रमितले कोरोना जित्दा ८४ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १५ जना महिला र ४७ जना पुरुषले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ३३, रैनादेवी छहरा गाउँपालिकाका ३,माथागढीका गाउँपालिका, रामपुर नगरपालिकाका, तिनाउ गाउँपालिकाका एक/एक,रिब्दीकोट गाउँपालिका,पूर्वखोला गाउँपालिकाका ७/७ र बगनासकाली गाउँपालिकाका ९ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार तीन सय ७९ पुगेको छ । यस अघि सोमबार ८१ , मंगलबार ३४ र बुधबार ६५ जनाले कोरोना जितेका थिए । अहिलेसम्म माथागढीका १ सय ३५, रामपुरका २ सय ९६, पूर्वखोलाका २ सय ७५, रैनादेवी छहराका १ सय ९०, रम्भाका ९९, बगनासकालीका १ सय ७२, तिनाउका ८७, रिब्दीकोटका ९९, निस्दीका १ सय २० र तानसेनका ९ सय ६ जना संक्रमितले कोरोना जितेका छन् ।

८४ नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५५ र एन्टिजेन परीक्षणमा २९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ९२ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ३२ जना, माथागढीका २, रैनादेवी छहराका ७, रामपुर, पूर्वखोला, रिब्दीकोटका एक÷एक, बगनासकालीका ९ र तिनाउका २ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार २ सय १ पुगेको छ । जसमा १ हजार ६० जना महिला र २ हजार २ सय ४१ जना पुरुष रहेका छन् ।

यस्तै एन्टिजेन परीक्षणमा २९ जना नयाँ संक्रमित देखिएका छन् । ७२ जनाको परीक्षण गरिएकोमा १२ महिला र १७ पुरुष गरी २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका १५, माथागढी, तिनाउका एक/एक जना, रामपुर, रैनादेवी छहरा, बगनासकालीका ३/३, रम्भा, रिब्दीकोटका २/२ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ५ सय ३ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार तीन सय ६९ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार तीन सय २ जना होम आइसोलेसनमा रहेका छन् भने ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update