Shittalpati
पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १सय ४ र एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १ सय ५० जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका ३४ जना, माथागढी गाउँपालिकाका २६, तिनाउ गाउँपालिकाका २२, रामपुर नगरपालिका, रिब्दीकोट गाउँपालिकाका २/२ जना, पूर्वखोला गाउँपालिकाका १५, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५ पुगेको छ । जसमा १ हजार १ सय १४ जना महिला र २ हजार २ सय ९१ जना पुरुष रहेका छन् ।

यस्तै एन्टिजेन परीक्षणमा २५ जना नयाँ संक्रमित थपिएका छन् । ६४ जनाको परीक्षण गरिएकोमा १७ महिला र ८ पुरुष गरी २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका १४, पूर्वखोला,निस्दीका एक/एक जना, रम्भाका ३, बगनासकालीका ४, रिब्दीकोटका २ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ५ सय २८ जनामा संक्रमण देखिएको छ । त्यस्तै शुक्रबार थप ८ जना संक्रमितले कोरोना जितेका छन् । होमआइसोलेसन र विभिन्न अस्पतालमा उपचार गराएका ४ महिला र ४ पुरुषले कोरोना जितेका हुन् । जसमा तानसेनका ४ जना, पूर्वखोलाका, रैनादेवी छहराका, रम्भाका, बगनासकालीका एक÷एक जनाले कोरोना जितेका हुन् । योसँगै जिल्लामा निकोबाट निको हुनेहरुको संख्या दुई हजार तीन सय ८७ रहेको छ । कोरोनाका कारण अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ४ सय ८३ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ४ सय १८ जना होम आइसोलेसनमा रहेका छन् भने ६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update