Shittalpati
पाल्पामा कोरोना निको हुने बढ्दै, एकैदिन १ सय ९ जना संक्रमित डिस्चार्ज

पाल्पा, जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शनिबार मात्र जिल्लामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् ।

विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५० जना महिला र ५९ जना पुरुषले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ६०, रैनादेवी छहरा गाउँपालिकाका ६, माथागढीका गाउँपालिका ६, पूर्वखोला गाउँपालिकाका, निस्दी गाउँपालिकाका ७/७, रामपुर नगरपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिकाका ४/४, रिब्दीकोट गाउँपालिका ३,बगनासकाली गाउँपालिकाका ८ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार ४ सय ९६ पुगेको छ । यस अघि सोमबार ८१ , मंगलबार ३४ र बुधबार ६५, विहीबार ६२ जनाले कोरोना जितेका थिए । अहिलेसम्म माथागढीका १ सय ४१, रामपुरका ३ सय, पूर्वखोलाका २ सय ८३, रैनादेवी छहराका १ सय ९७, रम्भाका १०४, बगनासकालीका १ सय ८१, तिनाउका ९१, रिब्दीकोटका १०२, निस्दीका १ सय २७ र तानसेनका ९ सय ७० जना संक्रमितले कोरोना जितेका छन् ।

                 १ सय ६८ जनामा संक्रमण पुष्टि

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १ सय ४० र एन्टिजेन परीक्षणमा २८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । २ सय १३ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ५८ जना, माथागढीका २, रैनादेवी छहराका ४०, रम्भाका २९, बगनासकालीका २, तिनाउका ५, रिब्दीकोटका ४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ४५ पुगेको छ । जसमा १ हजार १ सय ६३ जना महिला र २ हजार ३ सय ८२ जना पुरुष रहेका छन् ।

यस्तै एन्टिजेन परीक्षणमा २८ जना नयाँ संक्रमित देखिएका छन् । १ सय ५ जनाको परीक्षण गरिएकोमा १२ महिला र १६ पुरुष गरी २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा निस्दीका १४, पूर्वखोलाका ११, रैनादेवी छहराका २, तानसेनका १ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ५ सय ५६ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ५ सय ४० पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ४ सय ६१ जना होम आइसोलेसनमा रहेका छन् भने ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update