Shittalpati
गुल्मी काँग्रेसले गर्‍यो ५० सिलिण्डर अक्सिजन सहयोग

गुल्मी, जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन अभाव हुन थालेको छ । अक्सिजन अभावका कारण अस्पतालमा विरामीहरु छट्पटाई रहेका बेला नेपाली काँग्रेस गुल्मीले भने जिल्ला अस्पताल तम्घासलाई ५० सिलिण्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्रेस गुल्मीले ५० सिलिन्डर अक्सिजन दिएको प्रति डाक्टर पच्याले धन्यवाद व्यक्त गरेका थिए ।

बिहीवार साँझ दुई जना संक्रमितलाई अक्सिजन अभाव भए पछि डाक्टर पाच्याले नेपाल पत्रकार महासंघ गुल्मीसँग अक्सिजन माग गरेका थिए । साँझ पौने १० बजेको समयमा महासंघका अध्यक्ष टोपलाल अर्यालसहितका पदाधिकारीहरुले यातायात ब्यवसायी किरण कुँवरको गाडी मगाएर अस्पतालमा पु¥याएका थिए ।

अक्सिजनको अभाव हुन थालेपछि जिल्ला अस्पतालक मे सु डाक्टर उत्तम पच्याले सामाजिक सञ्जाल मार्फत अक्सिजन सहयोग गर्न आम रुपमा अपिल गरेका थिए । केहिदिन पहिले नेपाली काँग्रेसले जिल्ला हस्पिटलको लागि ५० थानको लागि अक्सिजन सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । सोही अनुसार अस्पताललाई ५० थानको लागि पुग्ने अक्सिजन प्रदान गरेको काग्रेसका जिल्ला सभापति भुवन श्रेष्ठले बताए । आफू जिम्मेवार पार्टीको प्रमुख भएको र यो विपतको बेलामा टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै सहयोग गरेको उनले बताए । उनले भने ‘आगामी दिनमा समेत हामीहरुले जति सक्दो सहयोग निरन्तर गर्दै जाने छौं ।’ कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरले महामारीको रुप लिदासम्म पनि नागरिकलाई अक्सिजनसम्म नपुर्‍यउने, आफ्नो सत्ता टिकाउने खेलमा मात्र सरकार ब्यस्त भैरहेको र नागरिकको जीवन रक्षाको लागि सरकार उदासिन देखिएको हुँदा आफ्नो पार्टीले जिम्मेवारी बहन गरेको श्रेष्ठको भनाई छ ।

अक्सिजन अभाव हुन नदिन नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन अभियान सञ्चालन गरेको छ । शुक्रबार विहानसम्म झण्डै १९ लाख संकलन भएको छ । ५ लाख रुपैयाँमा २० वटा सिलिन्डर अक्सिजन महासंघले खरिद गरि सकेको छ भने थप खरिद गर्ने प्रक्रियामा छ । महामारीको यो कठिन परिस्थितिमा देशैभरी अक्सिजनको अभाव भैरहदा धेरै जनाले ज्यान गुमाउनु परेको छ । गुल्मी जिल्लामा पनि अक्सिजन अभाव भएर बिरामीको ज्यान बचाउन निकै मुस्किल भैरहेको स्वास्थ्यकर्मीहरुले गुनासो गर्ने गर्ने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update