Shittalpati
पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ

पाल्पा, बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको तिनाउ गाउँपालिकामा बालिका बलात्कार आरोपमा स्थानीय दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

तिनाउ गाउँपालिकाकी १३ वर्षीया बालिकालाई जवरजस्ती करणीय गरेको आरोपमा ४४ वर्षीय पूर्ण चन्द्र बस्नेत र ४३ वर्षीय चन्द्रबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वैशाख ३० गते पीडित बालिकाको परिवारले प्रहरीलाई जाहेरी दिएका थिए । जाहेरीको आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update