Shittalpati
पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व
पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व आएको छ । संघको शनिबार तानसेनमा भएको पाँचौ अधिशेन तथा साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । जसको अध्यक्षमा पर्सुराम पौड्याल चयन भएका छन् । उनको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो ।
पूर्वखोला स्वास्थ्य शाखा उत्कृष्ट घोषित
पूर्वखोला स्वास्थ्य शाखा उत्कृष्ट घोषित गत आर्थिक वर्षमा पाल्पाका १० स्थानीय तहमा पूर्वखोला गाउँपालिका स्वास्थ्य सेवा प्रदानमा उत्कृष्ट स्वास्थ्य शाखाको रुपमा घोषित भएको छ ।
कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे पाल्पाका स्वास्थ्य संस्था
कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे पाल्पाका स्वास्थ्य संस्था जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गत आर्थिक वर्षको समीक्षा सुरु गरेको छ । कार्यालय अन्तरगत सञ्चालन भएका विभिन्न कार्यक्रमको प्रभावकारीता र चालु आर्थिक बर्षको योजना बनाउने उद्देश्यसहित सोमबारदेखि समीक्षा गोष्ठि सुरु गरेको हो ।
गौं हत्याको विरोधमा तानसेनमा सद्भाव  र्‍याली  
गौं हत्याको विरोधमा तानसेनमा सद्भाव  र्‍याली   धरानमा भएको गौं वंश हत्याको विरोधमा हिन्दुवादी संघ संस्थाको आयोजनामा आइतबार  तानसेनमा  शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको छ ।
ऐतिहासिक भगवती जात्राको तयारी तीव्र
ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पाल्पाको ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पारिएको छ । यही भदौ २१ गते बिहीबारका दिन हुन लागेको २०३ औं भगवती रथायात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले जनाएको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी जात्रालाई विजय उत्सवकै रुपमा मनाउने गरी तयारी भइरहेको जनाएको हो ।
बौद्ध शिक्षाले जीवन सार्थक बनाउँछ : महास्थविर
बौद्ध शिक्षाले जीवन सार्थक बनाउँछ : महास्थविर बुद्ध विहार भृकुटीमण्डप काठमाडौका प्रमुख धर्म कथिक भिक्षु कोण्डन्य महास्थविरले बौद्ध शिक्षा ग्रहण गर्न सकियो भने जीवन सार्थक हुुने बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेन पाल्पाको रजत जयन्तीलाई तानसेनमा सम्बोधन गर्दै बौद्ध शिक्षाले मानव जीवनलाई शान्ति र आत्मज्ञानी बनाउँदै सार्थकता प्रदान गर्ने बताएका हुन् ।
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै 
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै  जिल्लाका ग्रामीण क्षेत्रमा दिनभर रोपाइँ जात्राको रौनक देखियो तर, तानसेनका बजार क्षेत्रमा भने कहींकतै पनि रोपाइँ जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे ।
दश निर्माण कम्पनीको सम्झौता रद्द
दश निर्माण कम्पनीको सम्झौता रद्द निर्माण व्यवसायीले १० वर्ष हुँदासम्म योजनाका काम पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडी, धरौटी जफत गर्दै कालो सुचीमा राख्ने काममा जुटेको छ । निर्माण व्यवसायीलाई कार्यालयले पटक–पटक ताकेता गर्ने, लिखित, मौखिक, इमेल तथा रजिष्ट्रि पत्र पठाएर काममा ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने, निर्माण व्यवसायी...
रैनादेवी छहराको बेलवासमा अस्थायी प्रहरी चौकी 
रैनादेवी छहराको बेलवासमा अस्थायी प्रहरी चौकी  जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गगढीको बेलवासमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकीको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।
रिब्दीकोट गाउँपालिकाले घरमै पुगेर दियो आपाङ्गतालाई ह्विल चेयर 
रिब्दीकोट गाउँपालिकाले घरमै पुगेर दियो आपाङ्गतालाई ह्विल चेयर   जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई घरमै ह्विल चेयर दिएको छ ।  पालिकाले कुसुमखोला देविडाँडाका मोतीबहादुर लम्तरीलाई घरमै पुगेर ह्विल चेयर दिएको हो । 
रैनादेवी गाउँ सरकारको आम्दानीमा सुधार, एक वर्षमा एक करोड 
रैनादेवी गाउँ सरकारको आम्दानीमा सुधार, एक वर्षमा एक करोड  अधिकास स्थानीय सरकारहरुको आन्तरिक आम्दानी कमजोर बन्दै गएका बेला पाल्पाको रैनादेवी छहरा गाउँ सरकारले भने केही सुधार गरेको छ । उसले गत वर्षहरुको तुलनामा आन्तरिक आम्दानीलाई सुधार गर्दै गएको देखिन्छ ।
रकम नपाएपछि मिसनले रोक्यो बिमा उपचार
रकम नपाएपछि मिसनले रोक्यो बिमा उपचार सरकारले भुक्तानी नदिएपछि  तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थागित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले आइतबारदेखि स्वास्थ्य बिमा कार्यक्रम रोकेको हो ।
Weather Update