पाल्पामा एमालेले गर्यो जनप्रतिनिधिसँग अन्तर्क्रिया
आइतबार, मंसिर ३, २०८०
तानसेनमा सर्वसाधारणलाई कण्डम उपहार
आइतबार, कात्तिक १९, २०८०
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले तानसेन बसपार्कमा भएको सार्वजनिक कार्यक्रममा आदित्य पोखरेललाई एक प्याकेट कण्डम उपहार दिए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले दिएको कण्डम उपहार युवक पोखरेलले हासिखुसी स्विकार गरे ।
लुुम्बिनी प्रदेशस्तरीय तेक्वान्दोमा प्रथम भए विरेन्द्र र सविना
शनिबार, कात्तिक १८, २०८०
पाल्पाको तानसेनमा आयोजित रिता अनिल स्मृती दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा विरेन्द्र बुढा र सविना श्रेष्ठ प्रथम भएका छन् ।
तानसेनमा प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरू
शुक्रबार, कात्तिक १७, २०८०
पाल्पामा दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना र तेक्वान्दो खेलाडी रिता र अनिल कार्कीको सम्झनामा तानसेनको टुडिखेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको हो ।
तानसेनमा लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो हुँदै
मंगलबार, कात्तिक १४, २०८०
पाल्पाको तानसेनमा यही कार्तिक १७ र १८ गते दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुँडिखेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
समाजसेवी भारतीको निधन
मंगलबार, कात्तिक १४, २०८०
पाल्पाको शिक्षा, स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा जीवन सर्मपित गरेकी समाजसेवी राधा भारतीको ९६ बर्षको उमेरमा निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी भारतीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
पाल्पामा भित्र्याइयो फुलपाती
शनिबार, कात्तिक ४, २०८०
बडा दशैको सातौ दिन आज पाल्पामा पनि परम्परागत रुपमा फुलपाती भित्राईएको छ । जिल्ला प्रशासन कार्यालय, दि फिमेश महिन्द्र दल गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहभागितामा सेनमा फूलपाती भित्राइएको हो ।
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती
शुक्रबार, कात्तिक ३, २०८०
दसैँका लागि नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य बैंक तानसेनस्थित शाखामा पुगेका तानसेन–५ कैलाशनगरका दिपक अधिकारीले ३ घण्टा कुरेर नयाँ नोट पाए । बिहीबार बिहान बैंक पुगेका उनले नयाँ नोट साट्न विहानभर लाइन बस्नुपर्यो ।
रैनादेवी छहराले गर्यो गाउँवासीको माझमा शुभकामना –आदान, गाउँवासीमा बढ्यो आत्मियता
बिहीबार, कात्तिक २, २०८०
रैनादेवी छहरा गाउँपालिकाले सामुहिक रुपमा जनतामाझ शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
माथागढीको सराईमा पत्रकार र जनप्रतिनिधिबिच मैत्रीपूर्ण खेल हुदै
बुधबार, कात्तिक १, २०८०
विजया दशमीको अवसरमा यही कार्तिक ३ गते शुक्रबार माथागढीको सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । माथागढी गाउँपालिका र नेपाल खेलकुद पत्रकार मञ्च बिच सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
पाल्पामा प्रहरी दिवसको अवसरमा सम्मान तथा पुर्नमिलन
मंगलबार, असोज ३०, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पाले ६८ औं प्रहरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको छ । प्रहरीले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको हो ।
भगवती मन्दिरहरुमा पुजापाठ, भजन किर्तन गर्नेको भिड
आइतबार, असोज २८, २०८०
वडा दशैंको पहिलो दिन आइतबार पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउँ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् ।


