Shittalpati
माथागढीको सराईमा पत्रकार र जनप्रतिनिधिबिच मैत्रीपूर्ण खेल हुदै

पाल्पा,  विजया दशमीको अवसरमा यही कार्तिक ३ गते शुक्रबार माथागढीको सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । माथागढी गाउँपालिका र नेपाल खेलकुद पत्रकार मञ्च बिच सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । 

मैत्रिपुर्ण फुटबल प्रतियोगिता पत्रकार र माथागढी गाउँपालिकाका जनप्रतिनिधिबिच हुने छ । मैत्रीपुर्ण फुटबल प्रतियोगिताको बारेमा जानकारी दिन तानसेनमा पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले पत्रकार र जनप्रतिनिधीको सम्बन्ध सुुमधुर बनाउन, बास्तविक खेल जीवनको अनुभव र अनुभुति दिलाउन, खेलकुदको माध्यमबाट एक आपसमा परिचित हुन र बडा दशैंको अवसरमा एक आपसमा भेटघाट गरी शुभकामना आदान–प्रदान गर्न  मैत्रिपूूर्ण फुटबल प्रतियोगिता सञ्चालन गरिएको बताए । 

मानव शरिरलाई स्वस्थ, व्यस्त, फुर्तिलो, निरोगी बनाउन खेलकुद महत्वपूूर्णको भुमिका रहेकाले नियमित खेलकुदमा सहभाागी व्यक्ति निरोगी स्वस्थ हुने अध्यक्ष चिदीले बताए । पाल्पाको सराई खेलमैदान पाल्पाकोबिच भागमा भएको र सबै क्षेत्रलाई पायक पर्ने स्थानमा रहेको, प्रशस्त जग्गा, पार्किङ्गको व्यबस्था रहेकोले जिल्ला स्तरीय खेलकुद मैदानको रुपमा विकास गर्नुपर्नेमा अध्यक्ष चिदीले जोड दिए । 

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले यस्ता मैत्रीपुर्ण खेल प्रतियोगिता सञ्चालनले खेलकुदको महत्व बढ्ने, एकआपसमा रमाइलो गर्ने, पत्रकार र जनप्रतिनिधीहरुलाई खेलकुदको अवस्था बारे जानकारी हुने बताए । नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव  विजय बौडेलले गरेका थिए । 


 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update