Shittalpati
रैनादेवी छहराले गर्यो गाउँवासीको माझमा  शुभकामना –आदान, गाउँवासीमा बढ्यो आत्मियता 

पाल्पा , रैनादेवी छहरा गाउँपालिकाले सामुहिक रुपमा जनतामाझ शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।  गाउँपालिका भित्रका  सबै राजनीतिक दलका प्रतिनिधी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, नागरिक अगुवा, सुरक्षाकर्मी, पत्रकार,  जेष्ठ नागरिक, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा सर्वसाधारणहरुको सहभागितामा विजया दशमी, तिहार, नेपाल संवत् ११४४, छठ पर्व, ईद लगायत महान चाडपर्वको असवरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । 


गाउँपालिकाको सभाहलमा भएको  शुभकामना कार्यक्रममा  सहभागीहरुले सामुहिक रुपमा एक आपसमा शुभकामना आदान प्रदान गरी खुसी साटा साट गर्ने, सबै संग भेटघाट गर्ने , आत्मियता बढाउने जस्ता क्रियाकलापले महान चाडपर्व मनाउन हौसल्ला मिलेको बताएका छन् । गाउँपालिकाले विजया दशकी, नव बर्ष लगायतका विशेष पर्वहरुमा गाउँवासी संग नियमित रुपमा शुभकामना लिने दिने, खवर आदान प्रदान गर्ने, गाउँ ठाउँको जानकारी लिने दिने जस्ता कार्यक्रम गर्दै आएको छ । 

शुभकामना आदान प्रदान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले आफु पालिका निर्वाचित भईसकेपछि नियमित रुपमा  नेपालीहरुको महान पर्वहरुमा एक आपसमा शुभकामना आदान प्रदान, मित्रभाव बढाउने जस्ता कार्यक्रम गर्दै आएको बताए । पालिका भित्रका जनता विच एक आपसमा मित्रभाव तथा आत्मियता बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए । रैनादेवी छहराबासीको खुसी तथा आयआर्जनको लागि पालिकाले कृषि, पशुपालन तथा पर्यटन क्षेत्रमा प्रशस्त लगानी गर्दै आएको अध्यक्ष भट्टराईले बताए । पालिका भित्रका देवी देवताहरुको मन्दिर संरक्षण तथा पर्यटकीय पुर्वाधार विकासमा समेत पालिकाले लगानी गर्दै आएको अध्यक्ष भट्टराईले बताए । आफु अध्यक्ष भएपछि पालिका विकासमा ध्यान केन्द्रित गर्दै आएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update