Shittalpati
पाल्पामा  भित्र्याइयो  फुलपाती

पाल्पा, बडा दशैको सातौ दिन आज पाल्पामा पनि परम्परागत रुपमा फुलपाती भित्राईएको छ ।  जिल्ला प्रशासन कार्यालय, दि फिमेश महिन्द्र दल गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहभागितामा  सेनमा फूलपाती भित्राइएको हो । 

 विभिन्न स्थानबाट ल्याएको फूलपाती दशै घरबाट नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी वलले बाजागाजा सहित , निशान भगवती मन्दिर, रणउजिरेश्वरी भगवती मन्दिरमा सलामी सहित अर्पण गरेको छ । तानसेन बजारमा नेपाली सेनाको व्याण्ड बाजा सहितको टोलीले उखु बेलपत्र अदुवा कुभिन्डो केरा लगायतका सरसमान सहित  फुलपाती बजार परिक्रमा गराउदै नेपाली सेनाको  दि फिमेश महिन्द्र दल गण टुडिखेलमा  पु¥याई पुजा आजा गरेको हो  । फुलपाती भित्राउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, गणका गणपती भुपेन्द्र गुरुङ्ग,, प्रहरी उपरिक्षक हेरम्व शर्मा  शसस्त्र प्रहरी बलका जिल्ला प्रमुख,  राष्ट्रिय अनुसन्धान,  जिल्ला प्रशासक कार्यालय पाल्पाका कर्मचारीहरुको सहभागिता रहेको थियो । 
    
    तानसेन बजारमा बाजागाजा सहित फूलपाती हेर्न सडक सडक चोक चोकमा सर्वसाधारणको उपस्थिति थियो । नेपाली सेनाको नागपोखरी व्यारेकमा पु¥याएको  फुलपाती गणपती गुरुङ्गले पुजाआजा गरेका छन । गणमा पुु¥याएको फुलपाती व्याण्ड बाजा सहित दशैघरमा भित्राउने प्रचलन रहेको छ ।  यसैगरी पाल्पाको दर्लामहाकाली, रम्भादेवी, रैनादेवी लगायतका देवीका मठ मन्दिरमा तथा कोटघरमा  देवीको पुजाआजा गरी आजै फुलपाती भित्राईएको छ । आज देखी देवीका मठ मन्दिरमा भक्तजनहरुको भिडभाड बढेको छ । देवीलाई बलि चढाउने क्रम शुरु भएको छ । गाउँघरका देवी देवालयहरुमा समेत भक्तजनको घुईचो बढेको छ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update