पाल्पा, आज मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस । यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचार–प्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ । पछिल्लो समय नेपालमा मानव बेचविखन तथा ओसारपसारका घटनाका स्वरुपहरु फरक–फरक ढंगले आइरहेको छ ।
आन्तरिक बेचविखन अन्तर्गत देश भित्रै विभिन्न बाहनामा प्रलोभन देखाइ शारिरीक तथा मानसिक शोषण गर्नुको साथै बढ्दो शहरीकरण, बजारमा भइरहेको शोषणमूलक श्रम सम्बन्धहरु तथा पर्याप्त र प्रभावकारी सुरक्षा प्रणालीका अभावका कारण मानव बेचविखन तथा ओसार–पसारका घटनाहरु बढी रहेका छन । नेपालमा राज्यले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अ· झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो ।
हरेक बर्ष झै यस बर्ष पनि संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि जनमानस हरुमा सचेतना फैलाउन आज को दिनमा यो दिवस मनाउदै छ । गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदारहणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने नीति अपनाउनु पर्दछ ।


