Shittalpati
तानसेनमा प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरू

पाल्पा, पाल्पामा दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना र तेक्वान्दो खेलाडी रिता र अनिल कार्कीको सम्झनामा तानसेनको टुडिखेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको हो ।  

प्रतियोगिताको पाल्पा क्षेत्र नंं २ का संघीय सांसद ठाकुर प्रसाद गैरेले शुभारम्भ गर्दै तेक्वान्दो खेल लुम्बिनी प्रदेशकै चर्चित खेल भएको बताए । उनले देशलाई चिनाउने, एकताबद्ध राख्ने बस्तु भनेकै खेल भएको बताए । सरकारले खेलकुद क्षेत्रमा पर्याप्त लगानी नगर्दा राम्रा–राम्रा खेलाडीहरु समेत खेल जीवनबाट पलायन भईरहेको सांसद गैरेले बताए । खेलकुद विकासका लागि नितिगत रुपमै व्यस्थित गर्न संसदमा आफुले पहल गर्ने बताए । प्रदेश सांसद खेमबहादुर सारुले तेक्वान्दो खेलबाट पाल्पा लामो समयदेखि परिचित रहेको बताए । पाल्पाका खेलाडीबाट तेक्वान्दोमा दुई/दुई वटा गोल्डमेडल समेत पाउन सफल भएकोले तेक्वान्दो प्रति पाल्पामा धैरे उत्साह रहेको प्रदेश सांसद सारुले बताए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला, तीन विभागिय टोली र आयोजक टोली गरी ६४ जना  खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगितामा महिलातर्फ ४६ केजी देखी ५२ केजीसम्म र पुरुषमा ४९ केजी देखी ५५ केजी तौल भएका खेलाडीहरु बिच एकल स्पारि·मा प्रतिस्पर्धा भएको छ । प्रतियोगिताको पहिलो दिन सेमि फाइनलसम्मका खेलहरु सकिने आयोजकले जनाएको छ । प्रथम पुरस्कार विजेता पुरुष र महिलाले तीस–तीस हजार नगद, प्रमाणपत्र गोल्ड मेडल पुरस्कार पाउने छन् भने द्वितीय हुनेले विस÷विस हजार नगद, प्रमाणपत्र र रजत पदक पाउने छन् भने तेस्रो हुनेले दश÷दश हजार नगद, प्रमाणपत्र र कास्य पदक पुरस्कार पाउने नेपाल आईटिएफ तेक्वान्दो महासंघ पाल्पा अध्यक्ष निरबहादुर सारुले जानकारी दिए । सारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नगेन्द्र मल्लले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update