Shittalpati
पूर्वखोला स्वास्थ्य शाखा उत्कृष्ट घोषित

पाल्पा,गत आर्थिक वर्षमा पाल्पाका १० स्थानीय तहमा पूर्वखोला गाउँपालिका स्वास्थ्य सेवा प्रदानमा उत्कृष्ट स्वास्थ्य शाखाको रुपमा घोषित भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले गरेको वार्षिक समीक्षा तथा आगामी कार्ययोजना कार्यक्रमको अवसरमा विभिन्न २५ वटा स्वास्थ्य सूचकको आधारमा गरिएको मूल्याड्ढनमा पूर्वखोला ८३.८१ अंक ल्याई जिल्लामै उत्कृष्ट भएको हो । 
  

 निस्दी गाउँपालिका स्वास्थ्य शाखा मूल्याड्ढनमा दोस्रो भएको छ । निस्दीले ८३.५२ अंक प्राप्त गरी नतिजामा दोस्रो भएको हो । रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखा नतिजामा तेस्रो भएको छ । रैनादेवी स्वास्थ्य शाखाले ८३.१९ अंक प्राप्त गरी तेस्रो भएको हो । मूल्याड्ढनमा ८० देखि ८३ सम्म अंक ल्याउने ६ वटा पालिका र ७८ देखि ८० अंक ल्याउने ३ पालिका र एक पालिकाले ७८ भन्दा कम अंक प्राप्त गरेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याड्ढ अधिकृत टुकप्रसाद पोखरेलले जानकारी दिए । समग्रमा मूल्याड्ढनको नतिजा हेर्दा पाल्पामा स्वास्थ्य सूचकहरुको कार्यान्वन तथा प्रगति सन्तोषजनक रहेको कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले बताए । उत्कृष्ट भएका पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, निस्दीका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा र रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानालाई पाल्पाली ढाका टोपी र सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा कार्यालयका कार्यालय सहायक टीकाबहादुर भाट र प्रशासन प्रमुख लेखनाथ अर्याललाई समेत उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद एवं पूर्वमन्त्री वीरबहादुर रानाले मन बचन र कर्मले जनताको सेवा गर्न पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुलाई अनुरोध गरे । कर्मचारीले राजनीतिक आस्था भन्दा माथि उठेर कार्यालयमा पुगेका सेवाग्राहीलाई खुसी बनाएर काम गर्न स्वास्थ्यकर्मीहरुलाई प्रदेश सांसद रानाले आग्रह गरे । सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै पालिकाको समग्र स्वास्थ्यलाई राम्रो बनाउने जिम्मेवारी स्वास्थ्य शाखा प्रमुखको रहेकोले सोही अनुसारको जिम्मेवारी निर्वाह गर्न सांसद रानाले आग्रह गरे ।  जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, पूर्वखोलाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, तिनाउ गाउँपालिका स्वास्थ्य शखा प्रमुख कृष्ण कार्कीले जिल्ला स्वास्थ्य कार्यालयले गरेको बार्षिक समिक्षा र आगामी कार्ययोजनाका विषयमा गहन छलफल भएको कामको दौरानमा भएका कमीकमजोरी सच्चाउँदै जाने र राम्रा कामहरुको अनुशरण गर्दै जाने बताए । कार्यालय प्रमुख डा.राजेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी टीकाराम अधिकारीले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update