Shittalpati
राज्यको नियम कानुन सबैले मान्नु पर्छ  : सासंद गैरे
राज्यको नियम कानुन सबैले मान्नु पर्छ  : सासंद गैरे प्रतिनिधीसभा सदस्य ठाकुर प्रसाद गैरेले राज्यको नीति नियम कानुन सबैले मान्नु पर्ने बताएका छन् । राज्य भन्दा माथि नत सरकार छ, नत संघ संस्था छन् नत कुनै व्यक्ति , त्यसैले राज्यले बनाएको नीति नियम कानुन सबै पक्षले पालना गर्नु पर्ने सांसद गैरेले बताए ।
विद्युत प्राधिकरण पाल्पाले गर्‍यो वार्षिक उत्सवमा वृक्षारोपण
विद्युत प्राधिकरण पाल्पाले गर्‍यो वार्षिक उत्सवमा वृक्षारोपण नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरेको छ । प्राधिकरणले ३८ औं वार्षिक उत्सवको अवसरमा कार्यालय, दरवार क्षेत्र परिसर, सव स्टेसन बतासेडाँडा, रुप्से, सिलुवा र कलेक्सन काउण्टर हार्थाेक, आर्यभञ्ज्याङ्ग क्षेत्रमा वृक्षारोपण गरेको हो ।
भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा जोड
भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा जोड विजय उत्सवको रुपमा लिइने भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । भगवती रथयात्रा नेपालको राष्ट्रियता, विरता, ऐतिहासिकता, रणकौशलतासँग जोडिएको विषयबस्तु भएकाले स्पष्ट धारणा बनाएर आउँदो भदौ २१ गते रथयात्रा सञ्चालन हुनुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् ।
पहिरो पीडितलाई रिब्दीकोट गाउँ सरकारको सहयोग
पहिरो पीडितलाई रिब्दीकोट गाउँ सरकारको सहयोग जिल्लाको रिब्दीकोट गाउँपालिकाले पहिरो पीडित परिवारलाई नगद र खाद्यन्न सहयोग गरेको छ । साउन ९ गते गाउँपालिकाको वडा नंं ८ फेक लुम्वासका कर्णबहादुर बम्रेलको टिनले छाएको गोठ पहिरोले बगाएको थियो । गोठ पहिरोले बगाउँदा लैनो भैसी, पाडी, दुई वटा गोरु पुरिएर मरेका थिए ।
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन पाल्पाको सदरमुकाम तानसेनका पसलहरुमा बेला–बेलामा मौसमी अनुगमन हुने गर्दछ । हरेक वर्ष दसैं–तिहार र आर्थिक वर्षको सुरुमा बजार अनुगमनले राम्रै प्राथमिकता पाउने गर्दछ । बजार अनुगमन गर्दा गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचारप्रसार पनि राम्रै हुन्छ तर, कारवाही भने हुँदैन ।
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो पाल्पाको सदरमुकाम तानसेनका किराना पसलमा अखाद्य वस्तु बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु बरामद गरिएको हो ।
इनोभेसनको ठहर : दुध तथा पशु उत्पादनमा वृद्धि
इनोभेसनको ठहर : दुध तथा पशु उत्पादनमा वृद्धि नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना बुटवलले पाल्पा तथा गुल्मी जिल्लामा सञ्चालित उप आयोजना कार्यक्रमले दुध तथा पशु उत्पादनमा वृृद्धि भएको ठहर गरेको छ । आयोजना कार्यालय बुटवलले तानसेनमा गरेको समिक्षा कार्यक्रममा दुध तथा पशु उत्पादनमा वृद्धि भएको र वास्तविक कृषकहरु लाभान्वित भएको ठहर गरेको हो ।
तिनाउ गाउँ सरकारको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत
तिनाउ गाउँ सरकारको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/८० मा करिब ८७ प्रतिशत वित्तिय प्रगती गरेको छ । गाउँपालिकाले चालुतर्फ तर्फ ८६.९२ प्रतिशत पुँजीगततर्फ ८६. ८२ प्रतिशत रकम खर्च गरेको हो ।
ललिता निवासमा मेरो कुनै संलग्नता छैन : पूर्व प्रधानमन्त्री नेपाल 
ललिता निवासमा मेरो कुनै संलग्नता छैन : पूर्व प्रधानमन्त्री नेपाल  पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवासमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । उनले ललिता निवास जग्गा काण्डमा आफूले कुनै गल्ती नगरेको र दोषी माथि कडा छानविन हुनुपर्ने बताएका हुन् । 
पाल्पामा सुरु भयो सवारी चालक अनुमति पत्रको परीक्षा  
पाल्पामा सुरु भयो सवारी चालक अनुमति पत्रको परीक्षा   यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिन सुरु गरेको छ । यातायात  व्यवस्था सेवा कार्यालय पाल्पाले शुक्रबार पहिलो पटक मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न लिखित परीक्षा लिएको हो ।
Weather Update