Shittalpati
राज्यको नियम कानुन सबैले मान्नु पर्छ  : सासंद गैरे

पाल्पा, प्रतिनिधीसभा सदस्य ठाकुर प्रसाद गैरेले राज्यको नीति नियम कानुन सबैले मान्नु पर्ने बताएका छन् । राज्य भन्दा माथि नत सरकार छ, नत संघ संस्था छन् नत कुनै व्यक्ति , त्यसैले राज्यले बनाएको नीति नियम कानुन सबै पक्षले पालना गर्नु पर्ने सांसद गैरेले बताए ।

नेपाल आौषधी व्यवसायी संघ पाल्पा शाखाको सातौ साधारण सभामा बोल्दै सांसद गैरेले पाल्पाका दुई ठूूला अस्पताल प्रति लक्षित गर्दै राज्यसँग सम्झौता गर्ने, केहि समस्याहरु आए भन्दैमा बिचमै छोड्छु भनेर सेवा प्रवाह नै रोक्नु  गैर जिम्मेवारी काम भएको बताए ।  स्वास्थ्य बिमाको मिसन अस्पतालको बाँकी रकम स्वास्थ्य बिमा बोर्डबाट ढिलोमा असोज मसान्तसम्म भुक्तानी गर्ने, अस्पतालले राखेको औषधी तथा परीक्षणको दररेट भदौसम्म पुनरावलोकन गर्ने बोर्डबाट सहमति भएको सांसद गैरेले बताए । जनता, राजनीतिकदल, नागरिक समाज, पत्रकार सबैले मिसन अस्पताललाई स्वास्थ्य बिमा नियमित रुपमा सञ्चालन गर्ने छ  भन्ने अपेक्षा रहेको सांसद गैरेले बताए । पाल्पाका सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन, विशेषज्ञ सेवा प्रदान गर्न, अस्पताललाई चाहिने जग्गाको व्यवस्थामा जनप्रतिनिधी, जिल्लाका राजनीतिक दलहरु सक्रिय रुपमा लागेको उनले ताए ।

साधारण सभामा बरिष्ठ मुटु रोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोईरालाले अहिले नेपालमा जथाभावी रुपमा एन्टिबाइटिकको प्रयोगले अधिकाश मानिसको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताए । उनले औषधी व्यवसायलाई व्यापार भन्दा  सेवालाई बढी ध्यान आग्रह गरे ।  जिल्ला जिल्लामा समितिबाटै अनुगमन समिति बनाउनु पर्ने, चिकित्सको लेखाई बिना औषधी पसलले तरकारी बेचे जस्तो औषधीहरु बेच्न बन्द गर्नुपर्नेमा डा. कोइरालाको जोड थियो ।  देशभरीका सरकारी अस्पताल स्वास्थ्य संस्थाको क्षमता विस्तार तथा गुणस्तरीय सेवाको लागि नितिगत रुपमा सम्बोधनका लागि प्रयास भईरहेको डा. कोइरालले बताए । 

20230805_1213421691231892.jpg

कार्यक्रममा औषधी व्यवसायी संघ पाल्पाले डा.कोइरालालाई संगम सम्मान तथा पुरस्कारबाट समेत सम्मान गरेको छ । उनलाई नगद १० हजारसहित पाल्पाली ढाका टोपी र सम्मानपत्रबाट सांसदद्धय ठाकुर प्रसाद गैरे, नारायण प्रसाद आचार्य, प्रदेश सांसदद्धय वीरबहादुर राना, खेम बहादुर सारु र संघका अध्यक्ष विष्णुु केसीले सम्मान गरेका हुन् । संघका पूूर्व अध्यक्ष रुकमागत शर्माले १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी सोको व्याजबाट डा. कोइरालालाई सम्मान गरिएको हो । कार्यक्रममा प्रतिनिधी सभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सांसद वीर बहादुर राना, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले सबैपक्ष राज्यको कानुन अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । सबैपक्ष इमान्दार भएर, आफ्नो दायित्व जिम्मेवारी, नैतिकता भित्र रहेर काम गरे कसैले कसैलाई औला ठडाएर कुरा गर्नुपर्ने अवस्था नआउने उनीहरुले बताए । कार्यक्रममा नेपाल औषधी व्यासायी संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा  लगायतले औषधी व्यबसायीहरुले खेलेको भूूमिकाका बारे चर्चा गरे । संघका अध्यक्ष विष्णु केसीको अध्यक्षता, उपाध्यक्ष समिरमान सिंहको स्वागत निवर्तमान अध्यक्ष रामलाल श्रेष्ठको धन्यवाद ज्ञापन र महासचिव सूर्य बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

20230805_1218181691231955.jpg

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update