खसीको मासुमा यसरी ठगिन्छन् तानसेनका उपभोक्ता !
                        
                        
                                                
                                            
                                                                    पाल्पा, खसीको मासु खरिदमा तानसेनका उपभोक्ताहरु दिनहुुँ ठगिने गरेका छन् । यहाँका व्यापारीहरुले खसीको मासु भन्दै बाख्रीको मासु खुलेआम विक्री गर्ने गरेको पाइन्छ ।
शनिबार विहानै तानसेनको भवगती टोलमा ३ माउँ र २ पाठी बाख्रा डोर्याउँदै गरेको दृष्यले पनि यी बाख्री व्यापारी कहाँ लैजादै गरेको प्रष्ट हुन्छ ।
यी बाख्रा खसी बोकाको  मासुको रुपमा तानसेनका मासु पसलमा काट्नको लागि लगिदै गरिएको हो । खसी बोकाको मासु विक्रि हुने पसलमा खुलेआम बाख्रीको मासु विक्रि हुँदा उपभोक्ताहरु ठगिने गरेका छन् ।  तानसेनका कुनै पसलमा बाख्रीको मासु भनेर बोर्ड राखिएको देखिदैन । विडम्वना सडकमा २४ घण्टा प्रहरी हिडिरहन्छ तर सोधपुछ गर्दैन । सरोकारवाल निकाय समेत यस विषयमा मौन छन् ।
 
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                    
                    
                    