Shittalpati
इनोभेसनको ठहर : दुध तथा पशु उत्पादनमा वृद्धि

पाल्पा, नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना बुटवलले पाल्पा तथा गुल्मी जिल्लामा सञ्चालित उप आयोजना कार्यक्रमले दुध तथा पशु उत्पादनमा वृृद्धि भएको ठहर गरेको छ । आयोजना कार्यालय बुटवलले तानसेनमा गरेको समिक्षा कार्यक्रममा दुध तथा पशु उत्पादनमा वृद्धि भएको र वास्तविक कृषकहरु लाभान्वित भएको ठहर गरेको हो ।

आयोजनाले पाल्पा र गुल्मीमा ४७ वटा सहकारी र ७९ वटा निजी फर्महरु पशुपालन क्षेत्रमा काम गरेको छ । आयोजनाको कार्यकाल असार १५ मा सकिए पनि उप आयोजनाको दीर्घकालिन व्यवस्थापनको लागि आगामी एक बर्षसम्मको लागि परियोजना थपिने भएको छ । यो कार्यक्रम २०७४ फागुनबाट शु्रु भई २०७९ असार १५ सम्म पहिलो चरणको कार्यक्रम सकिएको हो । आयोजनाले छनौट गरेको  पाल्पा र गुल्मीका सहकारीमध्ये २३ वटाले उत्पादन, ७ वटाले प्रोसेसि·, २ वटाले संकलन, १५ वटाले मासुजन्य उत्पादन, निजी तर्फ दुध उत्पादन तथा प्रशोधनमा ५४ र मासुजन्य उत्पादन र प्रशोधनमा २५ वटा फर्ममा काम गर्दै आएको छ । आयोजनाले सहकारी तर्फ  २६  करोड ९८ लाख लगानी गरेको छ । निजी तर्फ १५ करोड ४२ लाख लगानी गरिएको जनाएको छ । कार्यक्रममा उप आयोजनाका सहभागीहरुले परियोजनाबाट बास्तविक कृषकहरुले फाईदा पाएको बताएका छन् । परियोजनाको कारण दुध र मासु उत्पादनमा वृद्धि भएको, कृषकहरुलाई व्यबसायिक बनाएको, कृषकहरुमा उत्साह थपेको, पशुपालन क्षेत्रमा पनि स्थानीय रुपमा स्वरोजगार बन्दै अन्य व्यक्तिहरुलाई पनि रोजगारी दिएको, कृषकहरुमा आफै प्रस्ताव लेख्न सक्ने र हरहिसाव राख्न सक्ने गरी क्षमता अभिवृद्धि भएको, पशुपालन क्षेत्रमा लाग्ने कृषकहरुको आत्मसम्मान बढाएको, निरन्तर काम गर्ने वातावरण निर्माण गरेको, दुध र मासुमा मुल्य बढ्दो रहेकाले पनि उत्पादनमा नोक्सान नरहेको कृषकहरुले बताएका छन् ।         

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले परियोजनाले व्यवसायिक पशुपालन क्षेत्रमा उत्साह र आत्मबल सहित उत्पादनमा वृद्धि भएको बताए । आयोजनाबाट वास्तविक कृषकहरुले फाईदा पाएको र आगामी दिनमा यस्ता कृषकहरुलाई टिकाउन र विकाउन विभिन्न सरोकरावाल निकायसँग समन्वय गराईदिने प्रमुख खनालले बताए । कार्यक्रममा बगनासकाली सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसाल, गुल्मीका खुमबहादुर पल्ली, लक्ष्मीकुमार भुसाल, लक्ष्मण भण्डारी, पाल्पाका शिवप्रसाद घिमिरे, टेकनाथ पंगेनी, निरबहादुर सारु लगायतले परियोजनाबाट पाएको फाइदाबारे चर्चा गरेका थिए । कार्यक्रममा बुटवल इकाइ आयोजना प्रमुख डा. गान्धीराज उपाध्यायले आयोजनाले गरेका काम, गतिविधी, उपलब्धी, परेका समस्याहरु, पशुपालन क्षेत्रमा बढेको उत्साहको बारेमा चर्चा गरेका थिए । योजना प्रमुख डा.अरुण खनालले सम्झौता अनुसार काम नहुँदा उप आयोजनाहरुले भुक्तानी नपाएको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनाल लगायतले आयोजनाबाट  जिल्लाको बाख्रा तथा दुध उत्पादनमा वृद्धि गरेको बताए । कार्यक्रम आयोजना बुटवल इकाइ प्रमुख डा. गान्धीराज उपाध्यायको अध्यक्षता, हरिप्रसाद ज्ञवालीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update