Shittalpati
पाल्पा साहित्य समाजले मनायो ३१ औं वार्षिक दिवस 

पाल्पा,  पाल्पा साहित्य समाजले ३१ औं वार्षिक दिवस  मनाएको छ । समाजले समाजले शनिबार वार्षिक  दिवससँगै  पाल्पाली आदिकवि  छबिलाल नेपालको १७६ओैं जन्म जयन्ती तथा शास्त्रकवि माधवप्रसाद देवकोटा १२२ओैं जन्म जयन्ती समेत विभिन्न कार्यक्रम गरी मनाएको हो । 

सो अवसरमा समाजले विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ । उसले समाजसेवी लेखक  बुद्धि प्रसाद शर्मालाई भैरवतुल्सी सिंह स्मृति पुरस्कार , स्वास्थ्य साहित्यिक लेखक प्रा. डा. प्रकाशराज रेग्मीलाई आदिकवि छबिलाल नेपाल प्रतिभा पुरस्कार ,साहित्यकार रामप्रसाद अर्याललाई अथक रेग्मी साहित्य पुरस्कार , छन्दकवि होमनाथ काफ्लेलाई  गणेश केशव लक्ष्मी स्मृति  स्रष्टा सम्मान र समाजसेवी प्रमी श्रेष्ठलाई राधा ईन्द्र समाज सेवा सम्मान पुरस्कारबाट सम्मान गरेको हो । 

समाजले स्थापनाकालदेखि नै विभिन्न व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान समर्पण गर्नुका साथै कृति प्रकाशन लोकार्पण र विमर्श समेत गर्दै आएको छ । कार्यक्रममा छविलाल नेपाल, माधवप्रसाद देवकोटा र पाल्पा साहित्य समाजको योगदानबारे  जानकारी गराउनुका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा लिखित कृति ‘मुटुका कुरा ’ को विमर्श गरिएको थियो । कृतिको विमर्श नेपाल परिवार नियोजन संघ पाल्पाका प्रमुख शोवाकान्त न्यौपानेले गरेका थिए । समिक्षक न्यौपानेले  कृति पठनीय र मननीय रहेकाले मुटुरोगी र सरोकारवालाहरू सबैका लागि स्वास्थ्य खुराकको रूपमा रहेको बताए । बिरामीले खोजेका प्रश्नको उत्तर कृतिभित्र रहेकाले पठनीय रहेको  उनको भनाई छ ।

कार्यक्रमको प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरले उद्घाटन गरेकी थिइन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिले कुंवरले पाल्पाको भाषा कलासंस्कृति र साहित्य क्षेत्रको विकासमा समाजले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताइन् ।
कार्यक्रममा  साहित्यकार गणेश नेपाली , पत्रकार भोजराज भट्टराई ,सम्मानित व्यक्तित्वहरू प्रमी श्रेष्ठ ,होमनाथ काफ्ले, रामप्रसाद अर्याल,प्रा.डा. प्रकाशराज रेग्मी ,बुद्धिप्रसाद शर्मा ,समाजका संरक्षक राजेन्द्र गोपाल सिंह लगायतले आ–आफ्ना धारणा राखेका थिए । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, समाजका सल्लाहकार चित्रवलीराम सुवालको स्वागत,कोषाध्यक्ष पुरूषोत्तम अर्यालद्वारा सम्मानित व्यक्तित्वहरूमाथि प्रकाशसंगै संस्थाको गतिविधिमाथि प्रकाश  र सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियोे ।


 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update