Shittalpati
पाल्पाको सराईमा भोलीदेखि व्यापार महोत्सव हुँदै  
पाल्पाको सराईमा भोलीदेखि व्यापार महोत्सव हुँदै   जिल्लाको माथागढी गाउँपालिका –३ सराई बजारमा यही मंसिर ९ गते भोली शनिबार देखी २१ गतेसम्म दोस्रो माडी सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव २०८० हुने भएको छ । सराई युवा क्वल पाल्पाको आयोजना, गाउँपालिका तथा ३ नं वडा कार्यालययको समन्वयमा महोत्सव हुन लागेको हो । 
भूकम्प पीडितलाई रिब्दीकोट गाउँपालिकाले दिने भयो १ लाख ६६ हजार  
भूकम्प पीडितलाई रिब्दीकोट गाउँपालिकाले दिने भयो १ लाख ६६ हजार   जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प पिडितहरुको लागि रिब्दीकोट गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
रैनादेवी छहराको गोखुङ्गामा दुई दिने न्वागी महोत्सव हुने
रैनादेवी छहराको गोखुङ्गामा दुई दिने न्वागी महोत्सव हुने पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा मंसिर ९ र १० गते दुई दिने न्वागी महोत्सव हुने भएको छ । यस बर्षको न्वागी यही मंसिर ९ गते परेको छ ।
लव जोशीको शीत काव्य लोकार्पण, साहित्यकार सम्मानित
लव जोशीको शीत काव्य लोकार्पण, साहित्यकार सम्मानित पाल्पा साहित्य समाजले साहित्यकार लव जोशीद्वारा लिखित शितकाव्य कृति लोकार्पणसँगै साहित्यकार, समाजसेवीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । समाजले २९ औ वार्षिक दिवस, पाल्पाका आदिकवि छविलाल नेपालको १७४ औं जन्मजयन्ती, कवि माधव प्रसाद देवकोटाको १२१ औं जन्मजयन्तीका अवसरमा आइतबार तानसेनमा कृति लोकापर्णसँगै सम्मान र पुरस्कृत गरेको हो ।
पाल्पामा एमालेले गर्यो जनप्रतिनिधिसँग अन्तर्क्रिया
पाल्पामा एमालेले गर्यो जनप्रतिनिधिसँग अन्तर्क्रिया नेकपा एमाले पाल्पाले पार्टीबाट उम्मेदरवार भई निर्वाचित भएका जनप्रतिनिधीहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । उसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधीसभामा निर्वाचित जनप्रतिनिधीहरुसँग एक दिने अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
तानसेनमा सर्वसाधारणलाई कण्डम उपहार
तानसेनमा सर्वसाधारणलाई कण्डम उपहार पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले तानसेन बसपार्कमा भएको सार्वजनिक कार्यक्रममा आदित्य पोखरेललाई एक प्याकेट कण्डम उपहार दिए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले दिएको कण्डम उपहार युवक पोखरेलले हासिखुसी स्विकार गरे ।
लुुम्बिनी प्रदेशस्तरीय तेक्वान्दोमा प्रथम भए विरेन्द्र र सविना
लुुम्बिनी प्रदेशस्तरीय तेक्वान्दोमा प्रथम भए विरेन्द्र र सविना पाल्पाको तानसेनमा आयोजित रिता अनिल स्मृती दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा विरेन्द्र बुढा र सविना श्रेष्ठ प्रथम भएका छन् ।
तानसेनमा प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरू
तानसेनमा प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरू पाल्पामा दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना र तेक्वान्दो खेलाडी रिता र अनिल कार्कीको सम्झनामा तानसेनको टुडिखेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको हो ।  
तानसेनमा लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो हुँदै  
तानसेनमा लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो हुँदै   पाल्पाको तानसेनमा  यही कार्तिक १७ र १८ गते दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुँडिखेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
समाजसेवी भारतीको निधन
समाजसेवी भारतीको निधन पाल्पाको शिक्षा, स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा जीवन सर्मपित गरेकी समाजसेवी राधा भारतीको ९६ बर्षको उमेरमा निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी भारतीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
पाल्पामा  भित्र्याइयो  फुलपाती
पाल्पामा  भित्र्याइयो  फुलपाती बडा दशैको सातौ दिन आज पाल्पामा पनि परम्परागत रुपमा फुलपाती भित्राईएको छ ।  जिल्ला प्रशासन कार्यालय, दि फिमेश महिन्द्र दल गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहभागितामा  सेनमा फूलपाती भित्राइएको हो । 
Weather Update