Shittalpati
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो ।

प्रतियोगितामा २५ स्वर्ण, १० रजत र १९ काश्य पदक सहित तानसेन प्रथम भएको छ  । १० स्वर्ण, ६ रजत र ४ काश्य पदक सहित पूर्वखोला गाउँपालिका दोस्रो भयो । ८ स्वर्ण, ११ रजत र ११ काश्य पदक विजेता रामपुर नगरपालिका तेस्रो भएको छ । ३ स्वर्ण, ८ रजत र ११ काश्य पदक जिती बगनासकाली गाउँपालिका चौंथो भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले बताए ।

यसैगरी ३ स्वर्ण, २ रजत र ८ काश्य पदक माथागढी गाउँपालिका पाँचौ, २ स्वर्ण, ४ रजत र ३ काश्य सहित रम्भा गाउँपालिका छैठौं, २ स्वर्ण, १ रजत र २ काश्य पदक जितेको रिब्दीकोट गाउँपालिका सातौं, १ स्वर्ण र ३ काश्य पदक सहित निस्दी गाउँपालिका आठौं, ९ रजत र ९ काश्य पदक सहित तिनाउ गाउँपालिका नवौं र १ रजत र १ काश्य पदक जिती रैनादेवी छहरा दशौं भएको छ । प्रतियोगितामा पाल्पाका १० स्थानीय तह मध्ये तिनाउ गाउँपालिका र रैनादेवी छहराले कुनै पनि विधामा स्वर्ण पदक प्राप्त गर्न नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष  घिमिरेले जानकारी दिए ।

विजयी खेलाडीहरुलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (वसन्त), प्रदेशसभा सदस्य वीर बहादुर राना, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले लगाएतले  रनिङ शिल्ड सहित विभिन्न विधाका पुरस्कार र सम्मान वितरण गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update