Shittalpati
रैनादेवी छहराको सार्वजनिक सुुनुुवाइ, ३३ प्रतिशत योजना फरफारख 

पाल्पा,  जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । पालिकाले  आर्थिक बर्ष  २०८०/८१ मा सम्पादन गरेका अर्धवार्षिक योजना तथा कार्यक्रम बजेटको सार्वजनिक सुनुवाइ गरेको हो । 

पालिकाले हालसम्म ३३ प्रतिशत योजनाहरु उपभोक्ता समितिबाट फरफारख गराएको  जनाएको  छ । सार्वजनिक सुनुवाइमार्फत उसले उपभोक्ताबाट भएका ३३ प्रतिशत योजना फरफारख भएको जनाएको हो  । गाउँपालिकाले आउदो जेठ महिना भित्र उपभोक्ताका सम्पूर्ण योजनाका कामहरु सक्ने  समेत जनाएको छ । सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सीनाले अर्धवार्षिक अवधिसम्म पालिकाले चालुमा ३९.८९ प्रतिशत खर्च गरेको छ भने पुजीगततर्फ १४.५६ प्रतिशमात्र खर्च गरेको बताए । ६ महिनाको अवधिमा अनुमानित आयको ६७ प्रतिशत अर्थात ६० लाख ११ हजार आम्दानी गरेको पनि प्रमुख प्र्रशासकीय अधिकृत तिमिल्सीनाले जानकारी दिए । पालिकामा १६ वटा उजुरी परेकोमा  ७ वटा फछ्र्याैट भएको र ९ वटा छलफलको क्रममा रहेका छन् । रैनादेवी छहरा गाउँपालिकाले ६ महिनाको अवधिमा ६ करोड ४२ लाख ९ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाएको छ । पालिकामा बसाई सराईको अवस्था डरलाग्दो तरिकाले वृद्धि भएको छ । ६ महिनाको अवधीमा रैनादेवी छहरामा १ सय ३५ जना बसाई सरी आएको र १ हजार ८८ जना बसाई सरी गएका छन् । पालिकामा स्वास्थ्य सहित ८७ जना कर्मचारीको दरबन्दी रहेको ४४ जना स्थायी, २६ जना करार, १७ पद रिक्त रहेको, आयोजना तथा अन्यमा १६ जना कर्मचारी रहेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।  

कार्यक्रममा स्वास्थ्यतर्फ एकिकृत घुम्ती शिविरमा २ सय ७१ जनाले स्वास्थ्य सेवा लिएको, वडा–८ मा सत्यवती माविमा विद्यालय नर्सिङ्ग कार्यक्रम सञ्चालन गरिएको, वडा न. १ को देउलेमा सामुदायिक स्वास्थ्य ईकाई सञ्चालन, छहरा स्वास्थ्य चौकीमा अत्याधुनिक माइक्रोस्कोप सहयोग, निःशुल्क स्त्रीरोग तथा महिला प्रजनन् स्वास्थ्य शविरमा २ सय ७० जनाले सेवा लिएको जानकारी दिएको थियो । शिक्षातर्फ विद्यालय संमायोजन तथा शिक्षक दरवन्दी मिलान गरेको, कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम, कक्षा १ देखी ३ सम्मको स्थानीय पाठ्यपुस्तकको प्रारम्भिक मस्यौदा तयार भएको र शैक्षिक सत्र २०८१ देखी विद्यालयहरुका लागु गरिने भएको छ । 
 

चालु आर्थिक बर्षमा २ सय ७८ वटा योजना रहेको २ सय ४२ वटा सम्झौता भई ९५ वटा फरफारख समेत भएका छन् । कोभिड तथा आर्थिक संकटको कारण संघ प्रदेशबाट रकम घटेर आए पनि पालिका भित्रका ठूला योजना अन्र्तगत सुन्दरढुङ्गा सालझण्डी क्षेत्रमा निर्माणको काम भईरहेको, छहरा देखी धजाबान्ने सम्मको पिचको कार्य भईरहेको, धजाबान्ने देखी ३ नं वडा कार्यालय हुँदै  तालपोखरा अर्घाखाँची जोड्ने सडकको स्तरउन्नतीको काम भईरहेको, १५ शैयाको अस्पताल निर्माणको काम शुरु भएको पालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए । सार्वजनिक सुनुवाईमा आएका सुझाव, गुनासा तथा जिज्ञासाहरुलाई कार्यपालिकाको बैठकमा राखी कार्यान्वयन गरिने पालिका अध्यक्ष भट्टराईले जनाए । 

कार्यक्रममा स्थानीय मानबहादुर थामी, पत्रकारद्धय माधव प्रसाद अर्याल, कृष्ण पोखरेल, अगुवा कृषक  किशोर कुमार कँडेल लगायतले हार्थाेक छहरा मोटरबाटोको दर्दनाक अवस्था, कटौजेपानी खेलमैदानको अवस्था, कृषि, पशु क्षेत्रमा भएका कामहरु, कृषकहरुले पाईरहेको सेवा सुविधा तथा अनुदान, वडाहरुका बाँदरले पारेको समस्या, बसाई सराईको अवस्था तथा रोकथामका बारेमा जिज्ञासा राखेका थिए । 

सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाहरुको  पालिका  अध्यक्ष भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत तिमिल्सीना, लेखा अधिकृत लिलामणी बस्याल, इन्जिनियर किशोर खनाल, लगायतले जवाफ दिएका थिए ।  पालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, उपाध्यक्ष युवराज थापाको स्वागतमा भएको  कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो मुक्तिनाथले गरेको थियो भने सञ्चालन रेडियोका  प्रबन्धक भुवन रायमाझीले गरेका थिए । 


 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update