Shittalpati
राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माविलाई  

पाल्पा, तानसेन नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माध्यमिक विद्यालय (जेभिटि) ले  हात पारेको  छ । तानसेनस्थित टुँडिखेल मैदानमा मंगलबारदेखि सञ्चालन भएको प्रतियोगितामा २९ पदक सहित जेभिटीले उपाधि हात पारेको हो ।

Tanse Rastrapati Raning Shilda Photo  (3)1706952487.jpg

उसले  ११ स्वर्णसहित ९ रजत र ९ काश्य गरि  २९ पदक जित्न सफल भएको छ ।  २८ पदक जितेको दमकडा नमुना माध्यमिक विद्यालय  दोश्रो भएको छ । उसले १० स्वर्ण, ९ रजत र ९ काश्य सहित  २८ पदक जित्न फिल भएको हो ।  उपाधि हात पार्नको लागि जनता र दमकडाबिच निकै कडा प्रतिष्पर्धा भएको थियो ।  प्रतियोगितामा सरस्वती माविले १९ पदक हात पार्दै तेस्रो भएको छ ।  उसले १० स्वर्ण, ४ रजत र ५ काश्य पदक जितेको छ ।

JVT Palpa Photo1706952528.jpg

प्रतियोगितामा तानसेन नगर भित्रका २७ वटा माध्यमिक विद्यालयका ६ सय २३ विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए । उनीहरुले ५ विद्याका ५३ खेलमा ३ सय ८० पदकको लागि प्रतिष्प्रर्धा गरेका  हुन् ।  विजेताहरुलाई  नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप प्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रवक्ता यादव सिंह कार्की, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, शिक्षा शाखा प्रमुख कोपिला न्यौपाने, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए । पाल्पाका १० वटै पालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । १० वटै पालिकामा रनिङ शिल्ड प्रतियोगिता सकिएकोले यही माघ २३ गते देखी तानसेनको टुँडिखेलमा पाँचौ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने छ ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update