प्रजातन्त्रको ७५ वर्ष : फेरिएन जनताको अवस्था
बुधबार, फागुन ७, २०८१
रानीमहल पुुगेका जोडीले मनाए ‘भ्यालेन्टाइन डे’
शुक्रबार, फागुन २, २०८१
फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहलमा पुगेर प्रेमिल जोडीले प्रयण दिवस मनाएका छन् ।
आज ‘भ्यालेन्टाइन डे’
शुक्रबार, फागुन २, २०८१
‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस आज नेपालसहित विश्वभर एक अर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
प्रदेशको विकास र समृद्धिका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबिच साझा प्रतिवद्धता
बुधबार, माघ ३०, २०८१
प्रदेशको विकास र समृद्विको लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच साझा सहमति भएको छ । बुधबार पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलमा दुई प्रदेशबिचको समन्वयात्मक बैंठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच २१ बुँदे साझा प्रतिबद्धतामा सहमति भएको हो ।
तानसेनमा निकालियो भिमसेनको रथ, हराउँदै रौनकता
सोमबार, माघ २८, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा बिहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट श्री ७ भीमसेनको रथ यत्रा दिन भिमसेनको रथ यात्रा निकाल्ने गर्दछन् । सोही अनुसार यस वर्ष पनि आइतबार रथ निकालिएको हो ।
पाल्पा आवासीयको ‘स्वर्णतिरको यात्रा’
शनिबार, माघ २६, २०८१
जिल्लाको तानसेनमा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयले ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी र गुणस्तरी शिक्षाको मान्यता राखी २०३६ सालमा स्थापना भएको विद्यालयले ४५ औं वार्षिक उत्सव मनाउँदै स्वर्ण जयन्तीतिरको यात्रा तय गरेको हो ।
पाल्पामा विपतबाट ४ जनाको मृत्यु, ५ करोड २६ लाख बढीको क्षति
बुधबार, माघ २३, २०८१
पाल्पामा विपतबाट ४ जनाको मृत्यु भएको छ । विपद्का विभिन्न घटनामा परी ११ महिनामा ४ जनाको ज्यान गएको हो । यहाँ चालु आर्थक वर्षको पुस २९ गतेसम्म विपद्का घटनाबाट ४ जनाको ज्यान जानुको साथै ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्दद्र चन्दका अनुसार २०८०/११/७...
मासिँदै सिमसार, हराउँदै जलपन्छी
आइतबार, माघ २०, २०८१
जिल्लाका विभिन्न ठाउँमा रहेका सिमसार क्षेत्रहरू मासिँदै गएका छन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायत कारण सिमसार क्षेत्रहरू मासिँदै गएका हुन् ।
अर्थतन्त्र सुधार्न सरकार असफल : उपमहासचिव पुन
बिहीबार, माघ १७, २०८१
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुुधार गर्न वर्तमान गठबन्धन सरकार असफल भएको आरोप लगाएका छन् ।
उपेक्षित सहिदहरू !
बिहीबार, माघ १७, २०८१
२०६२/०६३ को राजनीतिक परिवर्तनपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफू अनुकूल सहिद घोषणा गर्दा सच्चा सहिद ओझेलमा परेका छन् । सहिदहरुले जुन कारणले आफ्नो जीवन उत्सर्ग गरे त्यो अहिलेसम्म पूरा हुन सकेको छैन ।
‘तानसेन जाऔं सडकमा खाऔं, सडकमै रमाऔं’
बुधबार, माघ १६, २०८१
स्थानीय कला संस्कृतिको प्रवद्र्धन, संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि तानसेन नगरपालिका–४ मखनटोल विकास संस्थाले छैठौं ‘मखन सडक खाना महोत्सव–२०८१’ गर्ने भएको छ । टोल विकास संस्थाले तानसेन नगरपालिका –४ वडा कार्यालयको सहयोगमा फागुन २ गते प्रणय दिवसको अवसरमा मखनटोलमा खाना महोत्सव गर्न...
तानसेनमा ५० लाख लिटरको ट्याङकी निर्माणका लागि सार्वनजिक सुनुवाइ
मंगलबार, माघ १५, २०८१
तानसेन खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि ५० लाख लिटर क्षमताको ट्याङकी निर्माणका लागि तानसेनमा सार्वजनिक सुनुवाइ गरिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले प्रस्ताव गरेको कालिगण्डकी, सिस्ने र भुल्के खोलाको पानी अफलिफ्ट गर्ने तथा बतासेडाँडामा भण्डारण ट्याङकी र विश्राम केन्द्र (रिफ्रेसमेन्ट सेन्टर) निर्माण गर्ने कार्यको प्रारम्भिक वातावरणीय परीक्षण (आइईई )...


