पााल्पा, जिल्लाका स्वास्थ्य स्वंसेविकाहरुले आफूहरूले बर्षौँ देखि निशूल्क रुपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको भएपनि राज्यले आफूहरू माथि ठूलो अन्याय गरेको गुनासो गर्ने गरेका छन् । उनीहरूले घरदैलो कार्यक्रम गर्दै सुरक्षित मातृत्व, खोप तथा पोषण कार्यक्रम र नवजात शिशु सरसफाइमा जनचेतना फैलाउने काम गर्दै आए पनि आफूले गरेको कामको कुनै पनि मूल्याङ्कन नभएकोमा चिन्ता व्यक्त गर्ने गरेका हुन् ।
तानसेनकी मनकला सारुले महिला स्वयंसेविकाको काम गर्न थालेको २० बर्ष भयो । उनले रातदिन नभनेर गर्भवतीदेखि ५ वर्षमुनिका शिशुको स्वास्थ्यबारे जिम्मेवारपूर्वक काम गरिरहेकी छन् । आफूहरूको जिन्दगी गाउँघरकै सेवामै बितेको सारुको भनाई छ । महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दा खाजा खर्चसमेत नपाएको उनको गुनासो छ । “हामीले दुःख मात्र गरेका छौँ, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ,” उनले भनिन् । सुविधाका नाममा बैठक भत्ता रु चार सय ५०, वार्षिक पोशाक भत्ता रु १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन् ।जिल्लाको रम्भा गाउँपालिका–३ पिपलडाँडाकी लिलामाया रानाले पनि सुत्केरी हुँदा स्वास्थ्य संस्थामा जान सल्लाह दिने, आवश्यक परे लैजाने र घण्टौं कुरेर बस्ने गरे पनि कामअनुसारको सुविधा र सम्मान नभएको उनको गुनासो छ । “गर्भवतीलाई नियमित चेकजाँच गर्न लैजान्छौं । आइरन चक्की खुवाउँछौं । बच्चालाई पोलियो खुवाउने गर्छौं । आफ्नो टोलका स्वास्थ्यसम्बन्धी अधिकांश कामको जिम्मा हामीहरूले नै लिएका छौं,” उनले भनिन्, “रात दिन घरपरिवार छाडेर सेवा गरिरहेका छौं ।” कामअनुसारको सम्मान र सुविधा नपाएको उनले बताइन् । “हामीहरूलाई खासै सुविधा मिल्दैन,”उनले भनिन्, “आफ्नो परिवार धान्नै गाह्रो पो हुन्छ ।’’ पोशाक खर्च भनेर वार्षिक १० हजार रुपैयाँ मात्र सरकारले दिने गरेको उनको भनाइ छ । सोही अवसरमापं.गोविन्द प्रसाद भुसालद्वारा लिखित कृति “नेपालको ७७ जिल्लाहरूको भ्रमण तथा भारत चीनको तीर्थयात्रा” को समेत लोकार्पण गरिएको थियो । कृतिको भैरहवा बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. दामोदर ढकालले समीक्षा गरेका थिए । नेपालका ७७ वटै जिल्लाको बारेमा संक्षेपमा लेखिएको कृति जानकारीमूलक रहेको छ । कार्यक्रममा जानका नेपाल,भेषराज सुवेदी, बुद्धिप्रसाद शर्मा, बाबुराम कार्की ,गुणवती के.सी., शकुन्तला पौडेल, सीता ढुङ्गाना, सरू ज्ञवाली र प. गोविन्दप्रसाद भुसाल लगायतले आ–आफ्नो धाराणा राखेका थिए । प्रतिष्ठानका सदस्य भोजराज भट्टराईले सम्मानित व्यक्तिहरूको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानले चारवर्षे विमला कमल शैक्षिक छात्रवृत्ति, ज्ञानज्योति शैक्षिक छात्रवृत्ति, नैना नेपाल छात्रवृत्ति र माता दीनकुमारी स्मृति छात्रवृत्ति पनि प्रदान गरेको छ । जसबाट ३ वटा विद्यालय र ३ वटा क्याम्पसका गरि १४ जना छात्राहरूले नियमित छात्रवृत्ति प्राप्त गर्दै आएका छन् ।
प्रतिष्ठानका संरक्षक प्रा.डा. प्रकाशराज रेग्मी, ज्योति रेग्मी अधिकारी, नैना नेपाल, रोहित प्रसाद ज्ञवाली छात्रवृत्ति दाताको रूपमा रहेका छन् । प्रतिष्ठानले विद्यार्थी केन्द्रीत साहित्यिक कार्यक्रमहरू समेत सञ्चालन गर्नुका साथै समय समयमा स्वास्थ्य सचेतना शिक्षा र मुटु तथा दन्त परीक्षण शिविरहरू सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सचिव छबिलाल भुसालले प्रतिष्ठानको लेखापरीक्षण सम्पन्न आ.व.२०८१/०८२ को रू.८ लाख १४ हजार २ सय १६ बराबरको आय–व्यय प्रस्तुत गरे । अध्यक्ष पुष्कर अथक रेग्मीले प्रतिष्ठानमा ११ वटा सम्मान कोष रहेकोमा आगामी वर्षदेखि शिक्षाको क्षेत्रमा थप र शीत तथा गुलेली काव्यको क्षेत्रमा समेत पुरस्कार सम्मानका लागि कोष स्थापना भएको जानकारी गराए । प्रतिष्ठानमा समाजेवी रेणुका श्रेष्ठद्वारा हीराकृष्ण शिक्षा पुरस्कार, ररुोहित प्रसाद ज्ञवालीद्वारा गुलेली काव्य पुरस्कार र अथक रेग्मीद्वारा शीत काव्य पुरस्कार स्थापना गरिएको छ । प्रतिष्ठानका अध्यक्ष रेग्मीको अध्यक्षता,उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत र महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियोे ।


