Shittalpati
रैनादेवी छहरामा भिरबाट लडेर एक युवकको मृत्यु
रैनादेवी छहरामा भिरबाट लडेर एक युवकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । खुनधाराका २६ वर्षका कमल घर्तीको भिरबाट लडेर मृत्यु भएको हो ।
लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता
लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता कोरोना महामारीको संक्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागीले स्थानीय जनता र व्यवसायीसँग हातेमालो गर्न जोड दिए ।
कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै
कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब संकलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु
मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् ।
रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना
रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका बाँकेका १४ हजार नागरिकलाई माइती नेपालले खाना खुवाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले जानकारी दिए ।
देउवाको मनोनयन : बेमौसमी बाजा
देउवाको मनोनयन : बेमौसमी बाजा शेरबहादुर देउवाले केहि दिन अगाडि पार्टीको विभागहरुलाइ पूर्णता दिए । यस विषयमा धेरै टिका टिप्पणी पनि भए । पार्टीका बफादार सच्चा कार्यकर्ता मध्य केहिले मनोनित पदलाई अस्विकार गरे ।
निषेधाज्ञाको अवज्ञा नगरौं
निषेधाज्ञाको अवज्ञा नगरौं पाल्पामा शुक्रबार रातिदेखि निषेधाज्ञा जारी रहेको छ । छिमेकी जिल्ला र देशमै कोरोना महामरीको अवस्था जटिल बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
क्यानले गर्‍यो ५१ जनाको कोरोना बीमा
क्यानले गर्‍यो ५१ जनाको कोरोना बीमा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुरुष खेलाडी सहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले २३ पुरुष खेलाडी, कर्मचारी स्टाफ गरी कूल ५१ जनाको बीमा गरेको हो ।
घरमै मनाइयो ऋषि पञ्चमी पर्व
घरमै मनाइयो ऋषि पञ्चमी पर्व जिल्लामा पनि ऋषि पञ्चमी पर्व मनाइएको छ । आईतबार हिन्दू धर्मावलम्बी नारीहरूले नजिकै रहेका मन्दिरहरुमा गई सप्तऋषिको पूजा गरी यो पर्व मनाएका हुन् ।
चितुवाको उद्दार
चितुवाको उद्दार जिल्लाको मालिका गाउँपालिका ६ को अर्जैमा विरामी चितुवाको उद्दार गरिएको छ । बेहोस अवस्थामा लडिरहेको चितुवाको जिल्ला वन कार्यालयका कर्मचारीले उद्दार गरेका हुन् । खेतमा विरामी अवस्थामा रहेको चितुवालाई सुरक्षित साथ उद्दार गरिएको छ ।
पाल्पामा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाका एक जना र रामपुर नगरपालिकाका दुई जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
Weather Update