Shittalpati
पाल्पाको रम्भामा विद्युत सर्ट भई आगोलागी हुँदा ३५ लाखको क्षति

पाल्पा । जिल्लाको रम्भा गाउँपालिका १ संघामा विद्युत सर्ट भई आगोलागी हुँदा ३५ लाख बराबरको भौतिक क्षति भएको छ । आईतबार दिउँसो संघामा रहेका श्री कृष्ण गण्डकी युवा क्लव, युवा सुचना केन्द्र र ठूलिटार सामुदायिक बन कार्यालय हुंगीको सामुहिक भवनमा अचानक विद्युतको तार सर्ट भई आगोलागी हुँदा ३५ लाख बराबरको भौतिक क्षति भएको हो ।

आगोलागी हुँदा भवनमा रहेका ४० थान प्लास्टिकका कुर्ची, ८ थान कम्प्युटर, १ थान एलइडी टिभी, टेन्डहाउसमा प्रयोग गर्ने कपडा, भाडाँकुडा, ७ थान काठको दराज पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले प्रहरी र स्थानीयहरुको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update