प्रभावकारी सेवाप्रवाहका लागि स्थानीय तहमा सहायता कक्ष
शुक्रबार, भदौ ५, २०७७
गुल्मीमा जिप दुर्घटना हुँदा चार जना घाइते
शुक्रबार, भदौ ५, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका ४ अर्खलेमा जिप दुर्घटना भएको छ । सदरमुकाम तम्घासदेखी मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु २ च २५७३ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
नेपालमा कोरोनाले उग्र रुप लिँदै ,एकै दिन ११ जनाको मृत्यु भएको पुष्टि
शुक्रबार, भदौ ५, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९)ले उग्र रुप लिँदै गएको छ । चीनको उहान शहरबाट फैलिएको कोभिड –१९ ले पछिल्लो समय नेपालमा उग्र रुप लिएको हो । सरकारले चैत ११ गते देखि जारी गरेको लकडाउन गत साउन ७ गतेदेखि अन्त्य गरेसँगै नेपालमा कोरोनाको संक्रमण अत्यधिक फैलिएको छ ।
पाल्पाका प्रहरी प्रमुख सहित ४९ जनाको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
शुक्रबार, भदौ ५, २०७७
पाल्पाका प्रहरी प्रमुख दीपकराज खरेलसहित ४९ जना प्रहरी प्रमुखको सरुवा भएको छ । एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।
कोरोना कहर : छैन तीजको रौनक, माइतीमा रमाउने चेली घरमै
शुक्रबार, भदौ ५, २०७७
हरेक वर्षका तीज पर्वमा दुई दिन अघि नै माइती घर जाने गरेकी बगनासकाली गाउँपालिका १ घोरबारी निवासी टुक माया चिदी यसपटक माइत गईनन् । जान्ने भएदेखि सधै मनाएको तीज कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमले उनी घरमै मनाएकी छन् ।
पाल्पामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
शुक्रबार, भदौ ५, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान घरमा अचानक विद्युत् सर्ट हुँदा २७ वर्षकी दिल कुमारी पुनको मृत्यु भएको हो ।
मैत्री क्लवद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
बिहीबार, भदौ ४, २०७७
क्लवका निवर्तमान अध्यक्ष बेशान्तर शाक्य, कार्यकारी सदस्य सुरेस श्रेष्ठ र तेजेन्द्रलाल शाक्य पीडित विकको घरमै पुुगेर उतm राहात रकम सहयोग गरेका हुन ।
साहित्यकार खत्रीले ल्याए ‘गजल चालिसा’
बिहीबार, भदौ ४, २०७७
गुल्मेली साहित्यकार तथा प्राध्यापक मन बहादुर खत्री मनुले गजल संग्रह ‘गजल चालिसा’ बजारमा ल्याएका छन् । जीवन र जगतका विषयमा केन्द्रीत रहेर ४० वटा गजल समाहित गरी खत्रीले ‘गजल चालिसा’ गजल संग्रह बजारमा ल्याएका हुन् ।
सन्दीपले लिए पहिलो खेलमै विकेट
बिहीबार, भदौ ४, २०७७
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् ।
आज दर खाने दिन
बिहीबार, भदौ ४, २०७७
हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तीज बिहीबारबाट सुरु भएको छ । तीजअन्तर्गत आज दर खाने दिन हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि देशका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा र सिल गरिएकाले यो वर्ष तीजको रौनक भने छैन ।


