Shittalpati
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा,पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ भुवनपोखरी झिरवासमा लु ५ त १०३५ नंमवरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर सह चालकबर्ष २३ का सोहीगाउँपालिका वडा नं. ४ छहराकाविशाल राना रहेको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईते अवस्थामा रहेका सह चालक रानालाई स्थानीयवासीले उद्धार गरी उपचारको लागी मिसन अस्पताल तानसेन पठाएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक रहे नरहेको विषयमा अनुसन्धानभईरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडक बाट ५ सय मिटर तल खसेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update