Shittalpati
गुल्मीमा एक साता लकडाउन हुने
गुल्मीमा एक साता लकडाउन हुने गुल्मीमा एक साता लकडाउन (बन्दाबन्दी) जारी गरिने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जिल्लामा एक हप्ता लकडाउन जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।
अवैध गाँजा सहित पक्राउ
अवैध गाँजा सहित पक्राउ जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु पोखराको पस्याङ्मा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ । ग १ ब ३६९ नम्बरकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले...
बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण
बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण नेपालमा कोभिड–१९ पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २२ जनाको परीक्षण गर्दा ६ सय ८१ जनामा संक्रमण देखिएको हो ।
दलित समुदायलाई आधुनिक आरन
दलित समुदायलाई आधुनिक आरन गल्याङ नगरपालिकाले आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ । नगरपालिकामा आरन व्यवसाय सञ्चालन गर्दै आएको दलित समुदायलाई हाते यन्त्र (हेण्ड ब्लोर) वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
राष्ट्रकवि घिमिरेको अन्त्येष्टि दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएको थियो ।
चट्याङले एकको मृत्यु
चट्याङले एकको मृत्यु अविरल वर्षासँगै जात खोलामा आएको बाढीले आज बिहान शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको छ । भारी बाढीको कटानका कारण टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिए ।
इस्माका पहिरो  पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुद्वारा आर्थिक सहयोग
इस्माका पहिरो पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुद्वारा आर्थिक सहयोग जिल्लाको इस्मा गाउँपालिकामा बाढी पहिरोले घर बगाएर विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गत असार १८ गते राति गएको भिषण बाढी पहिरोले घर बगाएर विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।
कुशे औँसीसँग गासिएको पितृ दिवस
कुशे औँसीसँग गासिएको पितृ दिवस आज कुशे औँसी अर्थात गोकर्ण औंसी तथा आजै पितृ दिवस अर्थात बाबुको मुख हेर्ने दिन । यो औंसीसँग कसरी पितृ दिवस गासिएको छ त यस बारे चर्चा गरौं । कुश धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले पवित्र मानिएको एक प्रकारको वनस्पति अर्थात झार । कुश हिन्दू संस्कार अनुसार प्रत्येक शुभकार्य जस्तो देवकार्य,...
महामारीबाट बचौँ
महामारीबाट बचौँ कोभिड–१९ को महामारी दिन प्रति दिन फैलिदै गएको अवस्था छ अहिले । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण आर्थिक, सामाजिक र मानवीय स्वास्थ्यको हिसावले पनि हामी अत्यन्तै गम्भीर अवस्थामा छौं ।
राष्ट्रकवि घिमिरेको निधन
राष्ट्रकवि घिमिरेको निधन राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।
एकै दिन एक हजार बढी संक्रमित फेला, सातको मृत्यु
एकै दिन एक हजार बढी संक्रमित फेला, सातको मृत्यु नेपालमा कोभिड–१९ को संक्रमण पछिल्लो २४ घण्टामा थप अहिलेसम्मकै सबभन्दा बढी एक हजार १६ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मंगलबार एक हजार १६ नयाँ संक्रमित देखिएका हुन् ।
Weather Update