तानसेनको शित्तलपाटीमा ढुङ्गा छाप्ने काम सुरु
सोमबार, भदौ १, २०७७
निषेधाज्ञा तोडेपछि हवाई फायर
सोमबार, भदौ १, २०७७
कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । चितवन, निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो ।
आज थप पाँच सय ८१ मा कोरोना पुष्टि
सोमबार, भदौ १, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ८१ जना नयाँ संक्रमित देखिएका हुन् ।
छतबाट खसेर युवकको मृत्यु
सोमबार, भदौ १, २०७७
फोनमा कुरा गर्दै गर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु
सोमबार, भदौ १, २०७७
प्युठानमा बँदेल मार्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।
तानसेन विशालबजार क्षेत्रका ३ सय ३५ जनाको स्वाब संकलन
सोमबार, भदौ १, २०७७
जिल्लाको तानसेनस्थित विशालबजार क्षेत्रका प्रत्येक घरको एक जना गरी ३ सय ३५ जनाको स्वाब संकलन गरिएको छ । पाँच दिनअघि घरमा बसेकी तानसेन वडा ४ की ४० वर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् गरिएको हो ।
चिकित्सकले कोरोना भएको थाहा पाएपछि ...
सोमबार, भदौ १, २०७७
नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दो रहेछ भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ ।
त्रिविका काम घरबाट
सोमबार, भदौ १, २०७७
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो ।
फिफाको महिला वरियतामा नेपाल ९९ औं स्थानमा
सोमबार, भदौ १, २०७७
विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिला तर्फको वरियतामा नेपाल ९९ औं स्थानमा यथावत रहेको छ । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो ।
रासायनिक मलको अत्याधिक प्रयोग, माटोमा अम्लीय बढ्दै
सोमबार, भदौ १, २०७७
जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लीय बढेको हो ।
आत्मकथा : मेरी प्यारी आमा !
सोमबार, भदौ १, २०७७
आमा शब्द प्रत्येक व्यक्तिको मुखार विन्दुबाट कुनै न कुनै बेला जानी नजानी निस्कने सबै भन्दा धेरै प्रयोग हुने शब्द हो । सुख होस् वा दुःख मुखबाट निस्कि हाल्छ ।
चाडपर्व फेरी मानौंला
सोमबार, भदौ १, २०७७
देश यतिबेला कोरोना महामारीले आक्रान्त छ । अर्को तर्फ चाडपर्व तथा मेलाहरुको लहर सुरु भएको छ ।
एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा
सोमबार, भदौ १, २०७७
समय समयमा आफ्ना ग्राहहरुलाई आकर्षक योजना ल्याउँदै आएको एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले पुनः नयाँ योजना ल्याएको छ । कम्पनीले ग्राहको माग मध्यनजर गर्दे ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको हो ।


