Shittalpati
स्कुटर दुर्घटनामा एक युवकको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तममा ३ मा स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिलनजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो ।

बुटवलबाट मणिग्रामतर्फ जांदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर राति मंगलबार सडकमा पल्टिँदा कार्की गम्भीर घाइते भएका थिए । उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैनन् ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update