Shittalpati
नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा दुई महिला र ९ पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।

योसँगै कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये दुई जना मोरङ र भक्तपुरका महिला रहेका छन् । मृतकमा कैलालीका २ जना, महत्तोरीका ३ जना, बाँकेका १ जना, काठमाडौंका १ जना र बाराका २ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ३ सय ८५ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या १९ हजार ५ सय ४ पुगेको छ । १४ हजार ७ सय ३९ जना आइसोलेसनमा रहेका छन् । जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ३५ हजार २ सय ५२ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update