Shittalpati
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण

पाल्पा । जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । तिनाउ गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी घरमै बस्दै आएकी महिला भएको बुझिएको छ ।

योसँगै जिल्लामा समुदायस्तरमा देखिएको कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यस अघी तानसेन ४ की ४० वर्षीय महिला र तानसेन नगरपालिका ८ मदनपोखराको पिपलडाडाँकी एक महिलामा कोरोना सक्रमण पुष्टि भएको थियो

त्यस्तै मंगलबार रिव्दीकोट गाउँपालिकाका ३ जनामा पनि संक्रमण देखिएको छ । भारतबाट आएर होम क्वारेन्टाइनमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला अहिलेसम्म तीन जना समुदायस्तर सहित ५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । ५ सय ६१ जना कोरोना जितेर घर फर्किएका छन् भने एकजनाको मृत्यू भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update