Shittalpati
नयाँ पुस्ता र दुव्र्यसनी

लागूपदार्थ तथा अवैध तस्करी नेपालमा समस्यार चुनौतीको विषय बनेको छ । विकास र प्रविधिले प्रगतिको लयमा अघि बढिरहँदा विकृतिहरुले पनि समाजमा जरो गाड्दै गएको पाइन्छ । लागूपदार्थको कुलत यतिसम्म बढेको छ कि यसले जुनसुकै वर्ग, सम्प्रदाय, जाति र उमेर समूहलाई छाडेको छैन । यतिबेला नेपाल लागूपदार्थ दुरुपयोगको सिकार बनेको छ । दुःखका साथ भन्नुपर्छ कि विश्वका २९ करोड मानिस लागूऔषधको ओसार–पसार र दुव्र्यसनका कारण पीडित रहँदा नेपाल अछुतो रहनसकेको छैन । नेपालमा प्रहरीको अनुसन्धानले पनि वार्षिक १० प्रतिशतका दरले लागुऔषध दुव्र्यसनीको संख्या बढिरहेको देखाएको छ । लागूऔषधले एकातिर जीवनकै वर्वादी र अर्कोतर्फ अर्बौं रुपैयाँ स्वाहा पार्ने लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्न ठूलो चुनौती बढिरहेको छ ।

नेपालमा झण्डै ५ लाख बढी लागुऔषधको कुलतमा फस्दा ८० प्रतिशत ७ देखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी रहेको तथ्यांक छ । मुलुकमा हत्याहिंसा, बलात्कार, अपहरण, चोरी, डकैती जस्ता अपराधिक क्रियाकलाप बढिरहेका छन् । विश्वमै हुने आपराधिक कर्मको ६० प्रतिशतभन्दा बढी लागूऔषध दुव्र्यसनीका कारण भइरहेको बताइन्छ । सामान्य लागूपदार्थको लत हुँदै कडा खालका लागूऔषधको प्रयोग गर्नेहरु बढ्दै जानु मुलुककै लागि ठूलो समस्या हो । त्यति मात्र होइन सरकारले लागूऔषध रोक्न र नियन्त्रण गर्न बनेका राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनलाई संवेदनशील ढङ्गबाट कार्यान्वयन गर्न वा कडाइका साथ लागु गर्नतर्फ सरकारले सकरात्मक कदम चाल्न जरुरी देखिन्छ । लागूऔषध दुव्र्यसन पारिवारिक, सामाजिक मात्र नभएर यो राष्ट्रकै लागि ठूलो समस्या गएको छ । सरकारले लागूपदार्थको दुव्र्यसन बढाउने कारणको खोजी गरी यसको भयानक अवस्था बारे परिवार, गाउँटोल, विद्यालय र होटल रेस्टुराहरुमा सुरक्षित जीवन बारे सचेतना फैलाउन सक्नुपर्छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update