Shittalpati
कोरोनाको महामारीका कारण ह्वात्तै बढ्यो विद्युतीय कारोबार

काठमाडौं । कोरोना महामारीका कारण विद्युतीय कारोबार तर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणको बढ्दो प्रयोगले केही महिना यता विद्युतीय भुक्तानीको कारोबार बढेको जनाएको छ । यसमा पनि एटिएमको कारोबार ह्वात्तै बढेको छ । असारमा एटीएमबाट ५४ अर्ब ७६ करोड रुपैयाँ कारोबार भएको छ । जेठमा ४० अर्ब २७ करोड कारोबार र वैशाखमा २७ अर्ब ८४ करोड रुपैयाँ एटीएमबाट कारोबार भएको थियो । पछिल्ला दिनमा केन्द्रिय बैंकले क्यासलेस कारोबारलाई बढावा दिँदै आएको छ ।

यद्यपि कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्नुपर्ने भएकाले बैंकमै गएर भन्दा पनि विभिन्न विद्युतीय उपकरण प्रयोग गरेर कारोबार गर्नेहरु बढेका छन् । मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, आरटिजिएस, इसिसि, आइपिएस, कनेक्ट आइपिएस लगायतबाट कारोबार भएको छ । मोवाइल बैंकिङबाट असारमा १८ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ भने इन्टरनेट बैकिङबाट १९ अर्बको कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update