Shittalpati
बैंकका कर्मचारी सहित अग्र भागमा काम गर्नेहरुको परीक्षण

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले बैंकका कर्मचारी सहित अग्र भागमा रहेका काम गर्नेहरुको पिसिआर परीक्षण गरेको छ । कोरोना महामारीका बेला अग्र भागमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, स्वास्थ्यकर्मीहरु, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेकाहरु, जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, सार्वजनिक यातायातका गाडी चालकहरु, शिक्षकहरु र मेडिकल सञ्चालकहरुको परीक्षण गरिएको हो ।

जिल्लामा संक्रमण समुदायस्तरमै पुगिसकेकाले परीक्षणको दायरालाई फराकिलो बनाउका लागि परीक्षणलाई तिव्रता दिइएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा मगरले बताए । उनले परीक्षणले सम्पूर्ण समुदायको प्रतिनिधित्व गर्ने भएकाले नमूना परीक्षण कार्यक्रम अघि सारेको जानकारी दिए । बुधबार वडा ४, ५, ६, ७ र ८ का ६८ जना व्यक्तिहरुको परीक्षण गरिएको थियो । परीक्षणमा स्वास्थ्य शाखाका संयोजक केशव जिसी, किरण केसी, नारायण सारु र टिकाबहादुर सुनारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update