Shittalpati
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या एक सय ८३ पुग्यो

पाल्पा । नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल प्रवक्ता डा.जागेश्वर गौतमले ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला रहेको बताएका छन् । त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५९ वर्षीय रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।

विहिबार थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कूल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५ सय ६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update