Shittalpati
मिर्गाैला पिडित युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग

गुल्मी । जिल्लाको मिर्गौला पीडित एक युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । रेसुङ्गा नगरपालिका १० की २१ वर्षीया मिर्गौला पीडित अञ्जु बस्नेतलाई अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि अष्ट्रेलियामा रहेका नेपालीहरुले स–सानो रकम संकलन गरी बस्नेतलाई एक लाख १४ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । अष्ट्रेलियामा रहेका निलम, पुनम र सोनम रेग्मीले आफुहरु र साथीहरुको सहयोगमा रकम संकलन गरी पठाएको बताएका छन् । उक्त सहयोग रकम सहयोगी निलम रेग्मीका बुवा भेषराज रेग्मीले मिर्गौला पीडित अञ्जु बस्नेतको प्रभु बैंकमा रहेको खाता नम्बर १०५०११३६६४३०००१८ मा उक्त रकम जम्मा गरिदिएका हुन् ।

मिर्गौला पीडित युवती बस्नेत आर्थिक अभावमा उपचार गर्न नसकेपछि मृत्युसँग लडिरहेकी छन् । उनको हाल काठमाडौंमा उपचार भइरहेको छ । उनको उपचार गर्न धेरै रकम लाग्ने र त्यो रकम जुठाउन नसकेपछि परिवारले सहयोगको याचना गरेका हुन् । घरपरिवारले विक्री हुने ठाउँको जग्गा जमिन बेच्दा पनि उपचार गर्ने रकम जुटाउन नसकेको पीडित युवतीका बुवा नेत्रहादुर बस्नेतले बताए । पीडित युवतीको उपचारको लागि घरबाट भएभरको खर्च गर्दा पनि सम्भव नभएपछि परिवारले सक्दो सहयोग गरेर छोरी बचाईदिन सबैसँग आग्रह गर्दै आएको छ  । –अनिल खत्रीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update