Shittalpati
पाल्पामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण

पाल्पा । जिल्लामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको हो । तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास र चितवन मेडिकल कलेजमा उपचारकका लागि पुगेका दुई जना पुरूषमा सङक्रमण देखिएको बताइएको छ । क्वारेन्टाइन बाहिरका दुई जना समुदायका व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

संक्रमण देखिएका रम्भा गाउँपालिकाका –३ पिपलडाडाँका ६४ वर्षका पुरुष मृगौलाको उपचारका लागि चितवन पुगेका थिए । उनको चितवन अस्पतालले स्वाब संकलन गरी पाठाएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको हो । उनलाई अहिले चितवनबाट ल्याई लुम्बिनी मेडिकल कलेज प्रभासको आइशोलेसन अवार्डमा राखिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । अर्का वडा नम्वर ४ हुमिनका ७५ वर्षका पुरुष रहेका छन् । उनी मुटु र दमको समस्या भएपछि लुम्बिनी मेडिकल कलेज लगिएको थियो । उनमा समामन्य लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो । उनको आईतबार रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए । उनी केही समय अघि भारतबाट आई समुदायमा घुलमिल भई होमक्वारेन्टाइनमा बसेको बुझिएको छ ।

योसंगै जिल्लामा समुदायस्तरका पाँच जनामा संक्रमण देखिएको छ । यस अघि तानसेन नगरपालिकाका दुई जना र तिनाउ गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको थियो । समुदास्तरका ५ जना सहित जिल्लामा संक्रमितको सख्या ५ सय ८१ पुगेको छ, भने ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये पूर्व खोला गाउँपालिकाका एक जना पुरुष र तानसेन नगरपालिकाका एक जना महिलाको भने मृत्यु भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update