Shittalpati
प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमितको आईतबार मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेशनमा भर्ना भएका संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जारी गराएको विज्ञप्तिमा जनाइएको छ । कोरोना संक्रमित मृतकमा दीर्घरोगका रुपमा मुटुरोग, मधुमेह र उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ । यससँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेका छन् । –रासस

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update